काठमाडौंबाट रुकुम जादै गरेको यात्रुवाहक बस दुर्घटना हुदा १९ जना घाइते

everest kitchen

काठमाडौं । काठमाडौंबाट रुकुम जादै गरेको यात्रुवाहक बस शनिबार साँझ त्रिशूली नदी किनारमा खसेको छ । बा ४ ख ५७९० न.को यात्रुबाहक बस सडकबाट अन्दाजी २०० मिटर तल त्रिशूली नदीको किनारमा खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझ ६ बजेर १५ मिनेट जाँदा धादिङको बेनिघाट रोराङ गा.पा.वडा न. १० हुग्दिखोला स्थित पृथ्वी लोकमार्गमा दुर्घटनामा परेको हो । दुर्घटनामा सवार चालक सहित १९ जना मानिस घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धादिङको गल्छी गाउँपालिका- ८ मा बस्ने वर्ष २४ का बस चालक सुमन तामाङको टाउकोमा चोट लागेको छ ।

घाइतेहरुमा पूर्वी रूकुमको सिस्ने गाउँपालिका- ४ का बासिन्दा वर्ष १९ का भुवन केसी, रूकुमको भूमि गाउँपालिका- ५ मा बासिन्दा अन्दाजी २१ वर्षका मदन बुढामगर, दोलखाको बैतेश्री गाउँपालिका- ८ का बासिन्दा वर्ष २१ का श्रीकृष्ण श्रेष्ठ, पश्चिम रूकुमको बाफिकोट गाउँपालिका- ९ बासिन्दा वर्ष ३६ का मदन बहादुर बिक,
कञ्चनपुरका बासिन्दा वर्ष २४ का तेज बहादुर कठायत,
कास्कीका बासिन्दा कृष्ण प्रसाद अधिकारी, काठमाडौंका बासिन्दा अनिष लामिछाने रहेकाछन् ।

त्यस्तै बाराको करैयामाई गाउँपालिकाका बासिन्दा वर्ष २७ को प्रविण चौधरी, रौतहटको चन्द्रपुर नगरपालिका- २ की बासिन्दा वर्ष २६ की सिता मैनाली, रूकुमको सानोभेरी गाउँपालिका- ३ बासिन्दा वर्ष ५० को नर बहादुर खड्का,
रूकुमको पश्चिम आठबीसकोट गाउँपालिका-८ का बासिन्दा वर्ष ३४ का शिव बहादुर शाही, दोलखाको कालिञ्चोक गाउँपालिका-९ का बासिन्दा वर्ष ३४ का अभिषेक खाँती, सिरहा गोलबजार नगरपालिका- १३ का बासिन्दा वर्ष २२ का रमेश सिंह,बागलुङको निसाखोला गाउँपालिकाका बासिन्दा सविन छन्त्याल, रूकुमको चौरजहारी नगरपालिका-१ का बासिन्दा योगेश्रवर बिक घाइते भएका छन् ।

रूकुमको चौरजहारी नगरपालिका-१ का बासिन्दा प्रेम सिंह बोहोरा, रामेछापको मन्थली नगरपालिका-९ का बासिन्दा मिलन लामा, धादिङको गल्छफ गाउँपालिका- ८ का बासिन्दा रत्न तामाङ पनि घाइते भएका छन् ।

उनीहरूलाई उपचारको लागि स्थानीय मेडिकल पठाएको छ । उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ