आयातीत गरेर खाने अवस्थाको अन्त गर्ने अभियानमा छु – अर्थमन्त्री शर्मा

everest kitchen

विपेन उलङगे, रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रका उपमहासचिव, अर्थमन्त्री तथा रुकुम पश्चिमका बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार जनार्दन शर्मा “प्रभाकर”ले आयातीत गरेर खाने अवस्थाको अन्त गर्दै उत्पादनसिल कार्यमा लगेर देशलाई उत्पादनमुखी अर्थतन्त्र बनाउने योजना भएको बताएका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिकाको सिम्रुतुमा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देशले आयात गरेर खानुपर्ने अवस्थाले गर्दा विश्वव्यापी महामारी देखि रुस- युक्रेनको युद्धको समेत प्रभाव पर्दा नेपालमा महङ्गी बढेको नेता शर्माले उल्लेख गरे । त्यसैले उत्पादनसिल अर्थतन्त्र बनाउने अभियानको लागि राष्ट्रिय कार्यभार सम्हाल्न रुकुमेली जनताको मतले म जान पाउदा गर्ब लागेको छ, यो गौरव सबै रुकुमेलीको हो, उनले भने” ।

त्यस्तै विकासका सन्दर्भमा राजनीति नगरेर सहकार्य गेर जाने बाम गठबन्धनले गर्ने उनले बताएका छन । देशभरी गठबन्धन र रुकुमका काङ्ग्रेस लगायतका दलहरुबीचको सहमति चुनाव सम्म मात्रै नभई लामो समय रहने नेता शर्माले बताए । रुकुमको विकासमा एकताबद्ध भएर सामुहिक प्रतिबद्धता गर्ने अभियानमा रहेकोले सबैको सहभागीतामा जिल्लाको विकासमा केन्द्रित हुने उनले प्रतिबद्धता गरे ।

यस्तै उनले रुकुममा सम्पूर्ण स्थानमा सडक बाटो पुर्याईसकेकोले त्यसको स्तर उन्नति मात्रै गर्नुपर्ने , विद्युत पनि जिल्लाको ८५ प्रतिशत भूभागमा पुर्याई सकिएकोले अब जिल्लालाई आर्थिक सम्पन्नता तिर लिने गरि काम गर्ने नेता शर्माले बताए । साथै सहुलियतपूर्ण ऋण दिन खोज्दा राजनीतिक प्रभावले बैंकहरु पछि हटेपछि समस्या भएपनि यसलाई समाधानको रुपमा अगाडि बढाई सकिएकोसमेत उनले बताए ।

 

कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार तथा अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर”,काङ्ग्रेस नेता गोपालजिजङ्ग शाह, पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता गोपाल शर्मा अनल, पूर्व प्रदेशसभा सदस्य तथा एकीकृत समाजवादीकि नेतृ देवी वली, रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर “ख” का उम्मेदवार राजकुमार शर्मा, प्रतिनिधिसभा समानुपातिक उम्मेदवारहरु लक्ष्मी पुन र प्रेमकुमारी सुनार केसी, प्रदेशसभा समानुपातिक उम्मेदवारहरु झक्कुप्रसाद घर्ती मगर र मिलन खडका, नेपाल समाजवादीका नेता अमर वली, काङ्ग्रेस नेता थल बहादुर खड्का, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिन, माओवादी नेता मिनबहादुर ओली लगायत नेता तथा त्रिवेणी वासीहरुको बाक्लो उपस्थिति रहेको थियोे ।