कतारद्धारा भारतीय नौसेनाका आठ पूर्व अधिकारीको ‘रहस्यमय’ गिरफ्तारी

everest kitchen
photo file

एजेन्सी । कतारले भारतीय नौसेनाका आठ पूर्व अधिकारीलाई पक्राउ गरेको छ । यद्यपि उनीहरूलाई कहिले र किन पक्राउ गरियो भन्ने बारे कतारबाट आधिकारिक धारणा आएको छैन ।

भारतीय विदेश मन्त्रालयले सुरुमा यसबारे केही नबोले पनि अहिले कतार स्थित भारतीय दूतावासले पक्राउ परेका भारतीयहरूलाई कन्सुलर सेवा उपलब्ध गराउन खोजेको जानकारी दिएको छ । मन्त्रालयले उनीहरूलाई किन पक्राउ गरिएको हो भन्नेबारेमा कुनै जानकारी दिएको छैन ।

भारतीय नौसेनाका यी पूर्व अधिकारीहरू कतारको ‘अल–जाहिरा अल–अलामी कन्सल्टेन्सी एण्ड सर्भिसेज’ नामक कम्पनीमा काम गर्थे । यो कम्पनीले कतारी नौसेनालाई तालिम र सामान आपूर्ति गर्दछ। बिबिसी हिन्दि