अर्थमन्त्री जनार्दन शर्माद्धारा रुकुमको डिग्रे मेला अवलोकन

everest kitchen

विपेन उलङगे, रुकुम । अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर”ले रुकुमको प्रसिद्ध धार्मिक स्थलमा लाग्ने डिग्रे मेलाको अवलोकन गरेका छन् । मंगलबार मन्त्री शर्माले मुसिकोट नगरपालि-५ थर्पु स्थित डिग्रे साईकुमारी मन्दिर परिसरमा लाग्ने मेलाको अवलोकन गरेका हुन ।

डिग्रे साईकुमारी मन्दिर व्यवस्थापन समितिको निमन्त्रणामा मन्दिर दर्शन गर्न पुगेका मन्त्री शर्मासंगै पूर्वराज्यमन्त्री तथा काङ्ग्रेस नेता गोपालजिजङ्ग शाह पनि मन्दिर परिसर पुगेका थिए । मेलाको अवसरमा उपलब्ध विभिन्न झाँकी संगै रमाएका शर्मा केही घण्टा उक्त मेलामा समय विताएका थिए । सो अवसरमा विभिन्न व्यक्ति तथा मेलारुसंग भेटघाट तथा कुराकानी गरेका थिए ।

५ दिन अघि कार्तिक १८ गते हरिबोधनी एकादशीका दिन देखि सुरु भएको मेला आज सकिएको छ । यश वर्ष मन्दिरमा करिब ११ सय बोकाको बलि चढाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरमा रुकुम पश्चिम सहित रुकुम पूर्व, रोल्पा, सल्यान, जाजरकोट, दाङ, सुर्खेत, बाँके लगायत जिल्लाका दर्शनार्थीहरु पुजाआजा गर्न, दर्शन गर्न र बलि दिन मानिसहरु आउने गर्छन् ।