भूकम्पले डोटीमा ६ जनाको मृत्यु

everest kitchen

काठमाडौं । गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको प्रशासनले जनाएको छ । पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको छ।

गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ अन्य तीन जनाको मृत्यु भएको बताए। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

खप्तड केन्द्रबिन्दु गरेर राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले डोटीमा धेरै घरहरूमा क्षति पुगेको अनुमान गरिएको छ।