समाजको असमान्तालाई अन्त्य गर्न हाम्रो एकता हो, ढुक्कले भोट गर्नुहोस् – महेन्द्र केसी

everest kitchen

रुकुम । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर “क” का बाम-लोकतान्त्रिक गठबन्धनका प्रत्येक्षतर्फका साझा उम्मेदवार महेन्द्र केसी “पारसमनि”ले समाजमा भएको असमान्तालाई अन्त गर्न सबै एक भएको बताएका छन् ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको छिनखेतमा बाम -लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले रुख, कलम, गिलासमा भोट हाल्ने साथिहरुले अप्ठ्यारो नमानेर हसिया हतौडामा भोट हाल्न आग्रह गरेका छन् ।

राष्ट्रिय आवश्यकता अनुसार गठबन्धन हो , उनले भने” , “त्यसैले रुकुममा रुखमा भोट हाल्ने साथिहरुले गोलाकार भित्रको हसिया हतौडामा भोट हाल्न अप्ठ्यारो नमान्नुहोस, किनकि छिमेकी जिल्ला जाजरकोटकै कुरा गर्ने हो भनेपनि त्यहाँ दुईवटै निर्वाचन क्षेत्रमा हसिया हतौडामा भोट हाल्ने साथिहरुले रुखमा भोट हाल्दै छन् ।”

कार्यक्रममा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार तथा अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर”, काङ्ग्रेस नेता गोपालजिजङ्ग शाह, पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता गोपाल शर्मा अनल, पूर्व प्रदेशसभा सदस्य तथा एकीकृत समाजवादीकि नेतृ देवी वली, रुकुम पश्चिम निर्वाचन क्षेत्र नम्बर “क”का उम्मेदवार महेन्द्र केसी “पारसमनि”, प्रतिनिधिसभा समानुपातिक उम्मेदवारहरु लक्ष्मी पुन र प्रेमकुमारी सुनार केसी, प्रदेशसभा समानुपातिक उम्मेदवारहरु झक्कुप्रसाद घर्ती मगर र मिलन खडका, काङ्ग्रेस रुकुमका उपसभापति हर्कसिङ खत्री, माओवादीका केन्द्रका केन्द्रीय सदस्य बसन्त शर्मा, माओवादी नेता ओपेन्द्र शर्मा, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, माओवादी, काङ्ग्रेसका नेता तथा बाँफिकोट वासीहरुको बाक्लो उपस्थिति रहेको थियोे ।