माझी समुदायमा उम्मेदवार थापा

everest kitchen

मनहरी । मंसिर ४ गते हुने आसन्न निर्वाचनको लागि नेकपा एमाले बाट मकवानपुर क्षेत्र नं. २ ख बाट प्रदेश सभा सदस्य पदको उम्मेदवार लाल बहादुर थापाले मतदातालाई झुठो आश्वासन नदिने र जिते पछि सबैको मतदाताको मन जित्ने काम गर्ने प्रतिबद्धता जनाएका छन् ।मनहरी गाउ पालिकाको विभिन्न वडाको टोल टोलमा भएको भेटघाट कार्यक्रममा उनलेे यस्तो बताएको हुन।

नेता थापाले चुनाव अघि नै आश्वासन दिदै गर्दा विभिन्न पार्टीबाट प्रतिनिधि बनेका बिगतको नेतृत्वहरुले आश्वासन मात्रै दिने काम गरेकाले आफुले अरु जस्तै फटाई गरेर चुनाव जित्ने रणनीति नबनाएको पनि बताए।

भेटघाट कै क्रममा मनहरी ६ रमौली स्थित माझी समुदायको बोटे जाती सँग भेटघाट गरेका छन् । बिगतको दिनमा जिविका पार्जन को लागि राप्ती खोला माछा घोङी बाट घर खर्छ चलाउने बाताबरण भएपनि पनि अहिले लाईसेन्स नै नबिकरण नभए पछि जिविका पार्जन गर्नसमेत मुस्किल भएको माझी बोटे समुदायले थापासंग गुनासो राखेका थिए ।