राक्सिराङमा काङ्ग्रेस परित्याग गरि दर्जनौं एमाले प्रवेश

everest kitchen

राक्सिराङ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं. ६ को सिलिङ्गेमा नेकपा एमालेद्वारा आयोजित वडा नं.६र७ को संयुक्त चुनावी भेलामा नेपाली काङ्ग्रेसका गाउँका पुराना नेता प्रताप सिंह स्याङ्तान र काङ्ग्रेस जुरेथुम टोल बिकासका सभापति धन सिं घलानको नेतृत्वमा ३६ जना एमाले प्रवेश गरेको एमाले गाउँ कमिटीले जनाएको छ ।

एमाले प्रवेश गर्दै जुरेथुम टोलका सभापति घलानले नेपाली काङ्ग्रेस सर्वहारा बर्गको पार्टी नभएको पुजिवादिले लिप्त पार्टी भएको सोझा सिधाहरु आश्वासनको मात्रै सिकार हुने भएकोले एमाले प्रवेश गरेको बताए ।

एमाले नेता, कार्यकर्ता स्थानीयहरुको बाक्लो उपस्थिति सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि एक राज उप्रेती सभाध्यक्ष मोतीराम प्रजा रहेका थिए भने बिशिस्ट अतिथिमा क्षेत्र नं. २ ख का उम्मेदवार लालबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।