कर्णालीका २४ सिट नै गठबन्धनले जित्ने निश्चित छ – काङ्ग्रेस महामन्त्री रोकाय

everest kitchen

रुकुम । नेपाली काङ्ग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकायले कर्णालीका २४ वटै निर्वाचन क्षेत्रमा बाम-लोकतान्त्रिक गठबन्धनले जित्ने जिकिर गरेका छन् । रुकुम पश्चिमको मुसिकोटमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता रोकायले यस्तो बताएका हुन ।

कर्णालीका १० जिल्लामध्येमा आफुले ९ जिल्लामा चुनावी अभियान गरेर रुकुम आउदै गर्दा विभिन्न अलमल र नमिलेका कुराहरूको हल गरि सकेकोले कर्णालीबाट २४ सिटमा १२ सिट काङ्ग्रेसले जित्ने र अन्य १२ सिट पनि गठबन्धन दलले जित्ने बताए ।

साथै उनलेे मतदाताको अपेक्षा, कर्याकर्ताको आग्रह अनुसार रुकुममा आफुले उम्मेदवार दिएपनि पार्टीको निर्देशन र निर्णय अनुसार अनुशासनमा बस्नुपर्ने बाध्यताले आफुले उम्मेदवारी फिर्ता लिएको बताए । आफ्नो उम्मेदवारीको अपेक्षालाई अब गठबन्धनका उम्मेदवारले पुरा गर्ने विश्वास रहेको बताए ।

रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्यको लागि अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्मा गठबन्धनका साझा उम्मेदवार रहेका छन् भने प्रदेशसभा “क”मा महेन्द्र केसी र प्रदेशसभा “ख” मा राजकुमार शर्माको प्रत्येक्षमा उम्मेदवारी रहेको छ ।