किरात याक्थुङ्ग चुम्लुङ्ग मलेपिसयाको अधिवेशन सम्पन्न, केरुङ पुन: अध्यक्ष

everest kitchen

मलेसिया । किरात याक्थुम चुम्लुङ मलेसियाको सातौं अधिवेशन नोभेम्बर १३ तारीख द गुर्खाज रेष्टुरेन्टमा सम्पन्न भएको भयो । अधिवेशनबाट अध्यक्षमा पुन: दिल केरुङ लिम्बु चुनिएकाछन ।
अधिवेशन दिल केरुङ लिम्बुको सभापतित्व तथा नेपाल जनजाति आदिवासी महासंघ मलेसियाको अध्यक्ष बिपिन राईको प्रमुख आतिथि साथै किरात याक्थुम चुम्लुङ मलेसियाका संरक्षक कृष्ण आङदाम्वे र सल्लाहकार इन्द्र लिम्बू आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रम स्वागत मन्तब्य पदम राज लिम्बुले गर्नु भएको थियो भने कलाकारहरुले स्वागत नृत्य च्याब्र्ङ नाच प्रस्तुत गरेका थिए ।
कार्यक्रममा किराँत याक्थुम चुम्लुङ मलेसियाका कोषाध्यक्ष सन्तोष इजमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
किरात याक्थुङ्ग चुम्लुङ्ग मलेसियाले मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका कुमार तामाङ, सुनिल थाम्सुहाङ, सुर्य चौहान, जुन बहादुर आलेको शव नेपाल पठाउन साथै हर्क योङहाङ, रनमान याक्सोको सव सदगद गर्न किराँत याक्थुम चुम्लुङले आर्थिक र कानुनी सहयोग गरेको थियो । बिरामी परेका भिमा दर्जीलाई प्रारम्भिक उपचार गरि नेपाल पठएको साथै कोरोना संक्रामणकालमा राहत वितरण कार्य गर्दा ६५ हजार मलेसियन रिंगेट बाराबरको सहयोग गरेको जानकारी गराइयो ।
अधिवेशनबाट सर्व सहमत अध्यक्षमा दिलकूमार केरुङ्ग लिम्बु, वरिष्ठ उपाध्यक्ष पदम राज लिम्बु, उपाध्यक्ष विकेन्द्र मादेन, महिला उपाध्यक्ष सुनिता चेम्जोङ, महा सचिव निमेस चाहेन, सचिब नबिन लिम्बु, कोषाध्यक्ष शन्तोस इजम, सह।कोषाधक्ष्य बिमल लिङखिम र असिष माबोहाङ चुनिएका थिए भने खेलकुद विभाग प्रमुखमा रुपा थाम्देन,सांस्कृतिक विभाग प्रमुख टुली आङ्देम्बे र जानुका आङ्देम्बे चयन गरिएको थियो । त्यसैगरि सदस्यहरूमा सुजन लिम्बु, तेज थोप्रा, ओनेम लिम्वु, सरु लिम्बु, नबिन र्मेयाङबो, तारा वनेम, कैलाश आङ्देम्बे, धनकुमार आङ्देम्बे, राजकुमार लावतिभगीसीर चोङबाङ, कुमारी लिम्बु, विनिता लुङ्गफुवा, भिम, कला इजम, सिम्रान लिम्बू, विष्णु लिम्बू, सुनिल काम्बाङपेलिहाङ साउदेन, टंक आङ्देम्बे, सन्तोष आङ्देम्बे, टेकेन्द्र योङ्हाङ, लक्ष्मि योङहाङ, योग राज योङहाङ, फरिणन्द्र योङ्हाङ, नरेश वनेम, किरण केरुङ , बल बहादुर लिम्बू, इन्द्र लिम्बु, पृथ्बि लिम्बु, नेत्र बहादर लिम्बु, बिरेन्द्र कन्दवा, रविन्द्र आङ्देम्बे , बालध्वज लिम्बु, रोमीयो लावाङ, मिलन लिम्बु, कृष्ण लिम्बुलाई चयन गरीएको थियो । सल्लाहकारहरुमा इन्द्र लुङ्गफुवा लिम्बु, मिलन वनेम र संरक्षकमा किष्ण आङ्देम्बे चयन भएका थिए ।
शुभकामना मन्तब्यको क्रममा प्रमुख अतिथि बिपिन राईले किराँत याक्थुम चुम्लुङ मलेसियाको समाजिक कार्यको प्रशंसा गर्दै नया समितिले यसको अनुसरण तथा बढावा दिनु पर्ने बताए । साथै आफ्नो जातिय र समुदायको पहिचानको प्रबद्र्धन र सम्बद्र्धन गर्ने कार्यमा पनि उति नै अबल रहेको बताए ।
नव निर्वाचित अध्यक्ष केरुङले मलेसियामा वैदेशिक रोजगारीमा रहेका लिम्बुहरुको गणना र नामावली तयार गर्ने साथै क्षेत्रिय समितिहरु गठन गरी आफ्नो समुदायको पहिचान र सामाजिक कार्यमा अझै जुझारु ढंगबाट लागि गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
कार्यक्रममा मलेसियाको विभिन्न ठाउबाट भौतिकरुपमा सहभागी भएको थियो भने भर्चुअल जुम मार्फत मलेसिया तथा अन्य देशबाट पनि सहभागी भएका थिए ।