अष्ट्रियामा ” नेपाली हामी गोर्खाली” देशभक्ति गीतको म्यूजिक भिडियो रिलिज

everest kitchen

शुभद्रा भण्डारी, अष्ट्रिया । अष्ट्रियामा रहेका नेपालीहरूद्वारा निर्माण गरिएको देशभक्ति गीतको म्यूजिक भिडियो ” नेपाली- हामी गोर्खाली” गत शनिवार अष्ट्रियाको भियनामा रिलिज भएको छ । अष्ट्रियावासी नेपालीहरूका कार्यक्रम सभापती विकाश कार्की, अभिभावक तथा जेष्ठ नागरिक हरी राणा र कार्यक्रम संयोजक शेखर लामाको हातवाट एल्वम कभर ओपन तथा राणाको हातवाट भिडियो क्लिक गरी भव्य कार्यक्रमका विच उक्त भिडियो रिलिज गरिएको हो ।

गितकार शुभद्रा भण्डारीद्वारा रचित शव्दहरूले, पराय मुलुकमा पलपल तड्पिएर जिउनेहरूको कथा- व्याथा अनी आफ्नो मातृभूमीको सम्झनामा तड्पिदै गरेको पिडालाई गितको माध्यामवाट अभिव्यक्त गरेको छ ।

लामो समयदेखी अष्ट्रियामा रहेर नेपाली गीतसंगितको यात्रामा अनवरत लागिरहेका, गायक तथा संगितकार शेखर लामा, सुमधुर स्वरकी धनी गायिका सुजाता सेन्चुरी, मनी थेवे र निपोन लामाको स्वर रहेको, उक्त गितमा शेखर लामा आफैले संगित भरेका छन् ।

उक्त भिडियोको छायांङ्कन तथा सम्पादन महेन्द्र लिम्वुले गर्नुभएको छ भने वहुचर्चित एरेन्जर राहुन प्रधानले संगित संयोजन गरेका छन् । अष्ट्रियावासी मनी थेवे, विकाश कार्की र शेखर लामा, भिडियो निर्देशकमा रहेका छन् भने अष्ट्रियाकै चिरपरिचित कलाकारहरू श्वेता वज्राचार्य, जपन राई र भुपेन्द्र गुरूङले कोरियोग्राफी गरेका छन् ।

अष्ट्रियावासी नेपाली समुदायका अभिभावक तथा जेष्ठ नागरिक, लेखक तथा आनाका अध्यक्ष हरी राणाले मन्तव्यको क्रममा वधाई दिदै केही वर्ष पहिला अष्ट्रियामा जन्मिएका वालवालिकाहरूको फोटो तथा नेपालका राजा त्रिभुवनको पालाको पुरानो नेपाली सिक्का लगायतका पुराना चिनोहरू सार्वजनिक गरेका थिए ।

एनआरएनए अष्ट्रियाका अध्यक्ष तथा उक्त कार्यक्रमका वक्ता भवानी तिवारीले मन्तव्यको क्रममा गितमा रहेका शव्दहरू सवैको मन मुटुमा वस्न सक्ने मार्मिक खालको रहेको, गायकहरू तथा गायिकाको सुमधुर स्वर तथा संगित उत्तिकै मिलेको अनी भिडियो छांयाङ्कन तथा सफल इडिटिङ तथा निर्देशनको कारण भिडियो उत्कृष्ट वनेको प्रतिकृया दिदै सम्पूर्ण टिमलाई वधाई तथा शुभकामना दिएका थिए ।

त्यसैगरी अर्का वक्ता निलम सेन्चुरीले सम्पूर्ण टिमलाई वधाई दिदै अष्ट्रियावासी नेपालीहरूले कहिल्यै नमर्ने एउटा कृती जन्माउन सफल भएको बताए ।भिडियो रिलिज कार्यक्रम अन्तर्गत प्रोजेक्टरद्वारा देखाईएको भिडियो हेरेर, हलमा उपस्थितहरूको अनुहारमा खुसी छाएको देखिन्थ्यो भने उपस्थितहरूले भिडियो निर्माण टिमलाई वधाई तथा शुभकामना दिएका थिए ।

गायककारहरू शेखर लामा र मनी थेवेले नेपाली राष्ट्रभक्ती गितद्वारा उपस्थितहरूलाई स्वागत गरेका थिए भने भिडियो रिलिजपश्चात गायिका सुजाता सेन्चुरी र वाल-कलाकार नेहारिका खड्काको सांस्कृतिक प्रश्तुतीहरू रहेको थियो ।

उक्त भिडियोमा अष्ट्रियामा रहेका स्थानिय कलाकारहरू लक्ष्मी गिरी, ध्रुव पौडेल, प्रभु श्रेष्ट, कृष्ण कुमार श्रेष्ट, दिपक मल्ल , मोहन चौधरी,.विरेन्द्र व. पुन, रोशन घिसिङ, मुक्त लामा , लक्ष्मण भुजेल, सिदु सेन्चुरी (सिदु ) भवानी तिवारी, कोपिला शाही ,कमला अधिकारी, राजन श्रेष्ट, आनन्द थापा, रिमा विष्ट, दुर्गा ढकाल, मलिसा गुरूङ, सचेता राई, रूकमिनी पौडेल ,शोभा शर्मा, निर्मला दुम्जेन, लरिसा तामाङ प्रिया पौडेल, दिव्या ढकाल, जुनी मगर, साद्गी सेन्चुरी, शुसिला वोहोरा, सरू सुवेदी गिता लामा, निरू कार्की तथा अष्ट्रियावासी नेपाली वाल-कलाकारहरू लगायत करिव ५० देखी ५५ जनाको सहभागिता रहेको छ ।

गितकार शुभद्रा भण्डारीले कार्यक्रम संचालनको क्रममा, यो भिडियोमा प्रवासमा रहेका नेपालीहरूका भावना पोखिएको र विशेष गरी अष्ट्रियावासी नेपालीहरूको चिनोको रूपमा स्विकार गरीदिनुहुन आग्रह गर्दै, नेपाल मात्र नभई अष्ट्रियालाई समेत परिचित गराउने विश्वास रहेको वताएकी थिईन् ।