विदेसिएका नेपाली चुनावमा निर्णायक हुन सक्छन्

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । आगामी पाँच वर्षका लागि नेपालको नीति र थिति निर्माण गर्ने प्रदेशसभा र प्रतिनिधिसभाका सदस्य चुन्न अब तीन दिन मात्र बाँकी छ ।

मङ्सिर ४ गते एकै चरणमा हुने निर्वाचनबाट चयन हुने जनप्रतिनिधिहरूले बनाउने नीति र थितिले नेपाल र नेपालीको भविष्य मार्ग कोर्नेछ । सातै प्रदेश र संघीय संसद् मा रहेर जनप्रतिनिधिले कानुन मात्र होइन, सरकार पनि सञ्चालन गर्नेछन् ।

निर्वाचन सम्पन्न नहुँदै परिणामबारे विभिन्न अड्कलबाजी गर्न थालिएको छ । निर्वाचन परिणाममा विदेशमा रहेका नेपाली निर्णायक हुन सक्ने देखिएको छ । विदेशमा रहेका लाखौँ नेपालीले निर्वाचनमा मतदान गर्न नपाए पनि आआफ्नो परिवारका सदस्यको मत प्रभावित पार्ने देखिन्छ ।

नेताले होइन, नीति र प्रणाली ९सिस्टम० ले देश सञ्चालन भएको देखेका विदेसिएका नेपाली मुलुकभित्रको अव्यवस्थाप्रति असन्तुष्ट छन् । विदेशमा रहेका परिवारका सदस्यले भनेको कुरा घरमा रहेकाले नकार्ने अवस्था नहुन सक्छ । आजको नागरिक दैनिकमा समाचार छ ।