प्रहरी प्रशासनबाटै असुरक्षित भए- स्वतन्त्र उम्मेदवार रावल

everest kitchen

रुकुम । रुकुम पूर्वको प्रदेश निर्वाचन “२” का लुम्बिनी प्रदेशसभा सदस्य पदकन स्वतन्त्र उम्मेदवार केसव रावलले आफू प्रहरी प्रशासनबाटै असुरक्षित भएको बताएका छन् । उम्मेदवार रावलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन ।

उनका अनुसार रावल बसेको होटेलमा पुलिसले अनावश्यक छापा मारेको र सम्पर्क कार्यालयको व्यानरसमत च्यातेर निकालिएको बताएका छन् ।

उनले लेखेकन छन् “म वसेको होटेलमा पुलिसले छापा मारेको छ । सम्पर्क कार्यालयको व्यानर च्यातेर निकालियो । रुकुमकोट कतै नभएको सुरक्षा छापा म वसेकै होटेलमा भयो ! म रुकुम पुर्व प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवार हुं । म प्रदेश सभाको उम्मेदवार भएकै कारण प्रहरी प्रसासनबाट असुरक्षित छु । राज्य शक्ति मेरो विरुद्धमा लागेको पुष्टि भयो । मतदाता र मानव अधिकारवादी संघ संस्थासंग जिवन रक्षा र अधिकार रक्षाको लागि अपिल गर्दछु ।

यद्यपि यश विषयमा जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा बुझ्न खोज्दा कार्यालयसंग सम्पर्क हुनसकेन ।