बाजुरामा मतपेटिकामा आगजनी

everest kitchen
photo file

काठमाडौं । बाजुराको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको क केन्द्रको प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको हो ।

मतदान अधिकृत रामकुमार यादवले एकाएक मतपेटिकामा धुवाँ निस्किएको बताए । मतपेटिकामा आगजनी कसले गरेको हो भन्नेबारे खुल्न नसकेको उनको भनाइ छ ।

आगो लागेपछि पानी हालेर निभाइएको उनले बताए। ‘मतपेटिकामा सामान्य क्षति भएको छ, मतपत्रमा भने क्षति भएको छैन, सामान्य भिजेको छ ।