रुकुम पश्चिममा अर्थमन्त्री शर्माको अग्रता, कसको कति मत?

everest kitchen

रुकुम । रुकुम पश्चिमको मतगणनाको परिणाम आउने क्रममा छ । पछिल्लो मतपरिणाम अनुसार १५९३ मत गणना गर्दा अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनार्दन शर्माले अग्रता लिएका छन् ।

जनार्दन शर्माले ८५७ मत ल्यादा नेकपा एमालेका नन्दराम देवकोटाले ४९८ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक मल्लले ७६ मत ल्याएका छन् , मंगोलनेशनल अर्गनाइजेसनमा हरी बहादुर पुनले २ मत ल्याएका छन भने स्वतन्त्र उम्मेदवार तारक केसीले ७९ ल्याएका छन् ।

कर्णाली प्रदेशसभा सदस्य पदको लागि रुकुम पश्चिम “१” मा नेकपा माओवादी केन्द्रका महेन्द्र केसीले १४१९ मत ल्याएका छन् । नेकपा एमालेका नारायणकुमार शाहले ४३८ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद कुमार शाहले १७९ मत ल्याएका छन् ।

कर्णाली प्रदेशसभा सदस्य पदको लागि रुकुम पश्चिम “२” मा नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले ४९९ मत ल्याएका छन् । नेकपा एमालेका कर्ण बहादुर घर्ती मगरले ३०१ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद निर्जल केसीले २० मत ल्याएका छन् ।

रुकुममा प्रतिनिधिसभा तर्फ कुल खसेको मत- ६०,५२७ रहेको छ भने अहिलेसम्म १५९३ मत गणना हुदा ७७ मत बदर भएको छ ।