रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित माओवादी उम्मेदवारहरुको दोब्बरबढी मतको अग्रता

everest kitchen

रुकुम । रुकुम पश्चिमको मतगणनाको परिणाम आउने क्रममा छ । पछिल्लो मतपरिणाम अनुसार ८,६५६ मत गणना गर्दा अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जनार्दन शर्माले अग्रता लिएका छन् ।

जनार्दन शर्माले ५,३७१ मत ल्यादा नेकपा एमालेका नन्दराम देवकोटाले २,२०८ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक मल्लले २०१ मत ल्याएका छन् , मंगोलनेशनल अर्गनाइजेसनमा हरी बहादुर पुनले १७ मत ल्याएका छन भने स्वतन्त्र उम्मेदवार तारक केसीले ४८४ र अर्का स्वतन्त्र उम्मेदवार राजन पाण्डेले १४ मत ल्याएका छन् ।

कर्णाली प्रदेशसभा सदस्य पदको लागि रुकुम पश्चिम “१” ५,५६५ मत गणना हुदा नेकपा माओवादी केन्द्रका महेन्द्र केसीले ३३५१ मत ल्याएका छन् । नेकपा एमालेका नारायणकुमार शाहले १,३६७ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद कुमार शाहले ३३२ मत ल्याएका छन् ।

कर्णाली प्रदेशसभा सदस्य पदको लागि रुकुम पश्चिम “२” को अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले १,७६५ मत ल्याएका छन् । नेकपा एमालेका कर्ण बहादुर घर्ती मगरले ९६४ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद निर्जल केसीले १७१ मत ल्याएका छन् ।

रुकुममा प्रतिनिधिसभा तर्फ कुल खसेको मत- ६०,५२७ रहेको छ भने अहिलेसम्म ८६५६ मत गणना हुदा २२५ मत बदर भएको छ ।