देशभर अहिलेसम्म कुन पार्टीले कती र कहाँ जिते?

everest kitchen

काठमाडौं । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले ३/३ क्षेत्रमा जित हासिल गरेका छन्। नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक ठाउँमा जित निकालेका छन्।

कसले कहाँ जिते?                                            नेपाली कांग्रेस
काठमाडौं-१: प्रकाशमान सिंह
काठमाडौं-३ सन्तोष चालिसे
काठमाडौं-४: गगन थापा
काठमाडौं-५: प्रदीप पौडेल
काठमाडौं-१०: राजन केसी
मनाङ- टेकबहादुर गुरूङ
मुस्ताङ: योगेश गौचन
तनहुँ-२: शंकर भण्डारी
सुर्खेत-२: हृदयराम थानी
ललितपुर-१: उदयशमशेर राणा
पर्सा-४: रमेश रिजाल
डडेल्धुरा: शेरबहादुर देउवा
रसुवा: मोहन आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं-८: विराजभक्त श्रेष्ठ
काठमाडौं-२ : सोविता गौतम
काठमाडौं-७: गणेश पराजुली

नेकपा एमाले
ललितपुर-२: प्रेमबहादुर महर्जन
काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ
उदयपुर-२: डम्बरबहादुर रायमाझी

नेकपा (एकीकृत समाजवादी)
अछाम-२: शेरबहादुर कुँवर

राष्ट्रिय प्रजातन्त्र पार्टी
बाँके-२: धवलशमशेर राणा

नागरिक उन्मुक्ति पार्टी
कैलाली-३: गंगाराम चौधरी