मलेसियाको क्वालालम्पुर विमानस्थलबाट ट्रान्जिट उडान गर्नेले यो कुरामा ध्यान दिनु- राजदुतावास

everest kitchen
photo file

मलेसिया । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाले मलेसियाको क्वालालम्पुर विमानस्थलबाट ट्रान्जिट उडान प्रयोग गर्दा सचेत गराएको छ ।

क्वालालम्पुर विमानस्थलमा दुई फरकफरक विमानस्थल रहेका छन् । एउटा केएलआईए-१ र अर्को केएलआईए-२ फरकफरक विमानस्थलहरु रहेका छन् । एउटा विमानस्थलबाट अर्को विमानस्थलमा जादा अनिवार्य भिषा चाहिने हुदा पहिलै भिषा लिनुपर्नेछ भने कि एउटै विमानस्थल प्रयोग गर्ने गरी हवाई टिकटको व्यवस्था गर्नुपर्ने छ ।

हाल क्वालालम्पुरबाट नेपाल र नेपालबाट क्वालालम्पुरका निम्ति सिधा उडानहरु केएलआईए-१ बाट मात्रै हुने गर्दछ । केएलआईए-१ बाट अर्को केएलआईए-२ मा जान आउन मलेसियन अध्यागमन पार गर्नुपर्ने भएकाले त्यसका निम्ति भिसा आवश्यक पर्ने भएकाले अगाडि नै भिषा नलिएकोले यात्रुले समस्या झल्ने गरेका छन् ।

तसर्थ नेपालबाट मलेसियाको क्वालालम्पुरमा ट्रान्जिट हुँदै अस्ट्रेलिया, जापान लगायत अन्य मुलुकहरुमा जाने वा ती मुलुकहरुबाट नेपाल आउँदा सम्भव भएसम्म मलेसियाको क्वालालम्पुरमा रहेको कुनै एक एयरपोर्ट मात्र प्रयोग गर्नेगरी आवश्यक टिकटको व्यवस्था गर्न राजदूतावासले अनुरोध गरेको छ ।