भारी मतान्तरसहित अर्थमन्त्री शर्मा विजयी

everest kitchen

काठमाडौं । पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् । शर्माले कुल सदर मतको झण्डै ७० प्रतिशत मत प्राप्त गरेका छन् ।

शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।

उनीसँगै कर्णाली प्रदेशसभा १ र २ मा माओवादी केन्द्रका नेताहरू विजयी भएका छन् । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका महेन्द्र के.सी. १९०३३ मत ल्याएर विजय भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायण कुमार शाहले ८०८१ प्राप्त गरेका छन् ।

त्यस्तै, प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर – २ मा
नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा २०१६० विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्ण बहादुर घर्ती मगरले ८०७८ मत ल्याएका छन् ।

आज दिउसो १ बजेतिर विजयी उम्मेदवारहरुले विजय र्याली निकाल्ने कार्यक्रम रहेको बताएको छ ।