समानुपातिकमा एमाले अगाडि

everest kitchen

 

काठमाडौं । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान १०ः ३० सम्म एमालेले १८ लाख नौ हजार चार सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार सात सय ४७, नेकपा (माओवादी केन्द्र) ले सात लाख ६७ हजार तीन सय छ मत प्राप्त गरेको छ ।

मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि छ । मधेसमा कांग्रेसले एक लाख ४२ हजार तीन सय २४ मत पाउँदा एमालेले एक लाख १४ हजार सात सय ७५, जसपा नेपालले ९९ हजार ५६, जनमत पार्टीले ७७ हजार पाँच सय एक, माओवादी केन्द्रले ५१ हजार एक सय ६०, लोसपाले ३८ हजार ४७ र एकीकृत समाजवादीले ३३ हजार एक सय १८ मत प्राप्त गरेको छ ।

बागमती प्रदेशसभामा एमाले तीन लाख एक सय ६४ मतसहित अगाडि छ । कांग्रेसले दुई लाख ६२ हजार पाँच सय ४४, राप्रपाले एक लाख ५८ हजार २२, माओवादी केन्द्रले एक लाख ४२ हजार एक सय १८, नेपाल मजदुर किसान पार्टीले ५९ हजार पाँच सय ६८ मत प्राप्त गरेको छ ।

गण्डकी प्रदेशसभामा एमालले दुई लाख ९१ हजार एक सय पाँच मत पाएको छ । कांग्रेसले दुई लाख ६८ हजार आठ सय ८०, माओवादी केन्द्रले एक लाख सात हजार छ सय ५६ र राप्रपाले ५१ हजार आठ मत प्राप्त गरेको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेले तीन लाख ८३ हजार सात सय ८९, कांग्रेसले तीन लाख ४६ हजार सात सय आठ, माओवादी केन्द्रले एक लाख ३५ हजार नौ सय चार, राप्रपाले ८३ हजार आठ सय ९३, नागरिक उन्मुक्ति पार्टीले ५० हजार एक सय ४३ र जनता समाजवादी पार्टीले ५० हजार ९० मत पाएका छन् ।

कर्णालीमा माओवादी केन्द्र अगाडि छ । माओवादीले ८४ हजार दुई सय ९५ मत पाउँदा एमालेले ८३ हजार नौ सय ४९, कांग्रेसले ६६ हजार नौ सय ११, एकीकृत समाजवादीले १९ हजार नौ सय १५ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेले एक लाख ९० हजार पाँच सय ७७, कांग्रेसले एक लाख ७९ हजार सात सय २२, माओवादी केन्द्रले ८५ हजार दुई सय ४७, नागरिक उन्मुक्ति पार्टीले ५२ हजार छ सय पाँच र एकीकृत समाजवादीले ३३ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।