मलेसियामा रहेका नेपालीहरुसँग रेमिट्यान्स र उडानको बिषयमा अन्तरक्रिया कार्यक्रम

everest kitchen

मलेसियामा रहेका नेपालीहरुसँग अर्थमन्त्रालयका प्रतिनिधिहरुले रेमिट्यान्स र जहाज उडानको बिषयमा अन्तरक्रिया गरेका छन् ।
कार्यक्रम गैरआवासीय नेपाली संघ मलेसियाको सहजिकरणमा डिसेम्बर ५ तारिख सम्पन्न भएको हो । अर्थमन्त्रालयको सह–सचिव सुमन दाहालको उपस्थिति साथै मलेसियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरु, नेपाल एयरलाइन्सका कर्मचारीहरु, बैकहरुका कर्मचारीहरु, नेपाली ब्यावसायीहरु र ट्राभल एजेन्सिका संचलाकहरुको सहभागितामा गैर आवसिय नेपाली संघ मलेसियाको हलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सह–सचिव दाहालले रेमिटेन्सलाई बढाउन के कस्ता कार्यहरु गर्न सकिन्छ ? अर्थमन्त्रालयले गर्नु पर्ने सहजिकरण र सुधार बारे सुझावको लागि सहभागीहरुलाई आग्रह गरेका थिए । दाहाल नेपाल एयर लाइन्सको बोर्ड सदस्य पनि रहेकोले नेपाल एयरलाइन्सको सेवा सुविधा सम्बन्धि सुधारको लागि सुझाव दिन आग्रह गरे । कार्यक्रममा सहभागीहरुले दिएको सल्लाह सुझावलाई लिखितरुपमा दिन सुझाएको थिए साथै ती सल्लाह सुझावलाई अर्थमन्त्रालयमा पेस गर्ने र कार्यनयनको लागि पहल गर्ने बताए ।
कार्यक्रममा सहभागी मलेसियाका लागि नेपाल एयरलाइन्सका म्यानेजर नेत्रराज राउतले नेपाल एयरलाइन्सको बारेमा बोल्दै अन्य एयरलाइन्स संग सेवा तथा टिकट दरमा पनि प्रतिस्पर्धा गर्ने बताए । नेपाल एयरलाइन्सको न्यारोबडि र वाइडबडिले नेपाल मलेसियाको लागि हप्तामा ५ दिन उडान गरिरहेको र जनवरीबाट हप्ताको सातै दिन उडान गर्ने बताए । मलेसियाबाट जाने नेपाल एयरलाइन्सले भैरवा अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थाल काठमाडौ जाने रुटको उडानको पनि तयारी गरिएको जानकारी गराए । आफु आए पछि यात्रुहरुको सुविधालाई ध्यानमा राखि ३० केजी लगेजबाट ३५ केजी बढाएको, यात्र्लाई सकाहारी र मांसाहारी खाना उपलब्ध गराउने र बिज्नेस क्लासको यात्रुलाई पिय पदार्थ दिने सुविधा पनि छिटै नै सुचारु गर्ने बताए । नेपाल एयरलाइन्सको ब्यापारलाई वृद्धि गर्न आफ्नो अनुभब र क्षमताको पुर्णरुपमा प्रयोग गर्ने र नेपाल एयरलाइन्स हरेक नेपालीको भएकोले नेपाल एयरलाइन्सबाटै यात्रा गर्न सबैलाई अनुरोध गरे ।
नेपाल एयरलाइन्सका एयरपोर्ट म्यानेज पर्शुराम ज्ञावलीले मलेसियाको एयरपोर्टमा समस्या परे सम्पर्क गर्न आग्रह गर्दै कुनै पनि समयमा सहयोग गर्ने बताए ।

कार्यक्रमका सहभागीहरुले श्रमिकहरुलाई बैधानिक माध्यमबाट नै रेमिटेन्स गर्न प्रोत्साहन गर्ने किसिमको निति बनाउनु पर्नेमा जोड दिए । भने बैंकका कर्मचारीहरुका अनुसार नेपालको आन्तरीक रेमिटेन्सले बिदेशबाट अबैधानिक माध्यम मार्फत पेैसा पठाउने एजेन्टहरुलाई सहज भएकोले नेपालको आन्तरीक रेमिटान्स कम्पनी हरु लाई बन्द गर्नु पर्ने सुझाव दिए ।
त्यस्तै नेपाल एयरलाइन्सको ब्यापार बृद्धिको लागि बजारीकरणमा विशेष ध्यान दिनु पर्ने, उडान समय केही ढिलाई हुने भएकोले समयमा नै गराउनु पर्ने, श्रमिक र पर्यटक मैत्रि टिकट दर बनाउनु पर्ने साथै ट्राभल एजेन्सिहरुसगँको सुमधुर सम्बन्ध बनाउनु पर्ने सुझाव दिएका थिए ।