“लुम्बिनी प्रदेशको राजधानी निर्णयलाई कार्यन्वय गरेका छौँ –मुख्यममन्त्री कुलप्रसाद केसी

everest kitchen

मानसिंह विश्वकर्मा
भालुबाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामले राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि अनुरोध गर्दै सबै सम्यम भएर प्रदेश सभाले गरेको निर्णललाई कार्यन्वयका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गरेका छौ ।

मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिवी प्रदेश सभाकाले पारित गरेको कुरा बताउँदै उनले भने,–“वि.ससं. २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको प्रदेश सभाले बहुमतका साथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकेको थियो । त्ययलाई कार्यन्वयमात्रै गरेको हो, हाल सरकारले त्यसको निर्णयलाई अक्षर पालना मात्रै गरेको त्यसैले विवाद नगरी सिंगो पदेशबासी जनताको मनोभावनालाई केन्द्रीत गर्ने हो ।”

उनले लुम्बिनी प्रदेशको मुकाम र नामकरणका विषयमा सबै जिम्मेबार भएर कार्यन्वय गरी समग्र प्रदेशको हितमा काम गर्न सबै राजनीतिक दल, जनप्रतिनिधी, सरोकारवाला लाग्नका लागि अनुरोध गरे ।

मुख्यमन्त्रीले आफ्नो कार्यकालमा त्यसलाई गौरवको आयोजनाको रुपमा अगाडि बढाएकोले यसलाई कार्यन्वय गरी अगाडि बढाउदै आएका छन् । यस विषयको कार्यन्वयका लागि सहयोग गर्ने सबैलाई अझै थप सहयोग गर्नसमेत उनल आग्रह गरे ।

यो प्रदेशको राजनीनी नेपालको सबैभन्दा नमूना योग्य बनाउने प्रतिवद्धता व्यक्त गर्दै लुम्बिनी प्रदेशको राजाधानी देउखुरीबाट सरकार र सदन एउटै कमाण्डबाट सञ्चालन हुने र यो केन्द्रीय सरकारको भन्दा बढी राम्रो हुने उनले बताए ।

प्रदेश सभा सदस्यबाट त्यसबेला प्रदेश सभाका ८२ सांसदमध्ये नेपाली कांग्रेसका जम्मा १३ जना सांसदले मात्र दाङको विपक्षमा मदतान गरेका थिए भने नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को बाम गठबन्धनका ७४ सांसदले पक्षमा मतदान गरेका थिए । कांग्रेसको ह्वीपबिरुध दाङका चार कांग्रेसी सांसदले पनि पक्षमा मतदान गरेका थिए ।