लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान: त्रिवेणीका १० वडामा विभिन्न कार्यक्रम गरि मनाईयो

everest kitchen

रुकुम । हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान त्रिवेणी गाउँपालिकाले पनि १० वटै वडाका विभिन्न १० विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

मंसिर ९ देखी २४ गतेसम्म संचालन भएको उक्त अभियानको क्रममा दिव्यचक्षु मावि रुघाँ ,त्रिवेणी मावि सिम्रुतु, युवा जनजागरण मावि झुल्नेटा,अन्धनाशक मावि खुम्चेरी , विद्याविकास मावि जिवाङ, जनशक्ति मावि विताडाँडा, साधारण मावि मुरुडाँडा, जनप्रिय मा वि पेउघा, हिमालय जनता मावि नुवाकोटडाँडा र बालकल्याण मावि टोट्के मा विद्यार्थी,शिक्षक र अभिभावकलाई लैंगिक हिंसा विरुद्ध अभिमुखिकरण र विद्यार्थीहरु बीच वक्तृत्वकला प्रतियोगिता संचालन गरि अभियान चलाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीले जानकारी दिए ।

लैंगिक हिंसा न्यूनीकरण गर्न वयस्क व्यक्तिसँगै बालबालिका स्तरबाटै जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको अधिकृत घर्तीले बताए । सो अवसरमा लैंगिकता र यसले समाजमा पारेको नकारात्मक प्रभाव तथा लैंगिक समानताका लागि गर्नुपर्ने क्रियाकलाप, हिंसा निवारणमा सरोकारकारवालाको भुमिका, लैङ्गिक हिंसा गर्नेलाइ कानूनी कारबाहि ‍बारे समेत जानकारी गरिएको उनलेे बताए ।

वक्तृत्वकला प्रतियोगितामा दश वटा विद्यालयका जम्मा ९६ जना बालबालिकाले प्रतियोगितामा भाग लिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ । प्रतियोगितामा भाग लिने प्रत्येक विद्यालयमा ४ जनाको दरले उत्कृष्ट ४० जनालाइ स्टेशनरी सामान पुरस्कार वापत उपलब्ध गराइएको छ।

वक्तृत्वकला प्रतियोगिताको सहभागी बालबालिकाले समाजमा भइरहेको गतिविधिलाइ प्रष्ट हुने गरी भनाइ प्रस्तुत गरेका थिए भनेअधिकांश बालबालिकाले लैङ्गिक हिंसा पुरुषको तुलनामा महिलामा अत्याधिक हुने जिकिर गरेकासमेत गरेका थिए।

साथै, सबै विद्यालयमा सम्बन्धित वडाका वडाध्यक्ष, विद्यालय व्यवस्थापन अध्यक्ष , शिक्षक विद्यार्थीहरु र अभिभावकहरुकाे उपस्थिति रहेकाेथियो । यस्तै १६ गते युवा जागरण मावि झुल्नेटामा भएकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे,त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसि, उपाध्यक्ष राजकुमारी रेउले,प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्ती र अनुसन्धान अधिकृत हाेमराज रेग्मी लगायतका व्यक्तित्वकोसमेत उपस्थिति रहेकाे थियाे।