मलेसियामा पाँचौ हिमालयन गोल्डकप आयोजना हुने

everest kitchen

मलेसिया । मलेसियामा हिमालयन फुटबल क्लबको आयोजनामा पाँचौ संस्करण हिमालयन फुटबल गोल्डकप २०२३ जनवरी २२ देखि २४ तारीख सम्म हुने भएको छ । मलेसियाको पेतालिङजया स्थित पाथिभरा माता देवी बार एण्ड क्याफेमा डिसेम्बर ११ तारीखमा एक पत्रकार सम्मेलन गरि उक्त प्रतियोगिताको घोषणा गरिएको हो ।

पाँचौं हिमालयन फुटबल गोलपडकपको पुरस्कार राशी प्रथम २५ हजार र दोस्रो १० हजार मलेसियन रिंगेट रहको आयोजकले जनाएको छ । यस गोल्डकप साहाआलामको पानसोनीक फुटबल स्टिडियममा २०२३ जनवरी २२ देखि २४ तारीख बिहान १० बजे देखि राति १० बजे सम्म संचालन हुने छ ।

कोरोनाको महामारीपछिको यो पहिलो प्रतियोगिता हो । अब पहिले जस्तै सकृयताका साथ धेरै प्रतियोगिताहरु गरि मलेसियामा आप्रवासी फुटबल प्रतियोगिताको तयारी गर्ने हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले बताए ।

साथै हिमालयन फुटबल क्लब नेपालको पहिचानयुक्त फुटबल क्लब भएकोले मलेसियामा रहेका सबै नेपालीको रहेकोले सबैले साथ सहयोग गर्नसमेत अध्यक्ष कार्कीले आग्रह गरे ।

पाचौं हिमालयन गोल्डकपमा मलेसियाको उत्कृष्ट फुटबल प्रतियोगिता हुने र १५ फुटबल क्लबको सहभागिता रहने हिमालयन फुटबल क्लबका ब्यबस्थापक राजु तामाङले बताए । हिमालयन फुटबल क्लबले प्रत्येक दिन खेलाडिहरुलाई तयारी तालिम प्रदान गरिरहेकोले टिमले राम्रो नतिजा ल्याउने क्लबका प्रशिक्षक पुर्ण लिम्बुले बताए ।

यस गोल्डकपमा सहभागी हुने फुटबल क्लबहरुले २०२३ जनवरी १ देखि १५ तारिख सम्ममा टिम दर्ता गराउनु पर्नेछ । साथै टिम दर्ता र गोल्डकपको थप जानकारीको लागि आयोजकलाई सम्पर्क गर्न अध्यक्ष कार्कीले जानकारी गराए ।