मलेसियामा चासोक तङनाम साँझ २०७९ हुने

everest kitchen

किराँत याक्थुम चुम्लुङ मलेसियाको आयोजनामा क्वालालम्पुर स्थित द फाइभ इलिमेन्टस होटेलको हलामा डिसेम्बर १८ तारीख चासोक तङनाम साँझ २०७९ हुने भएको छ ।

उक्त कार्यक्रममा नेपालबाट आएका पाहुना गायिका दिपा सुहाङको साथमा मलेसियामा रहेका अन्य कलाकारहरुको संगितीक प्रस्तुति रहनेछ । लिम्बू परिकार खाना तथा पालाम हाक्पारे भाकाको संगितीक स्वाद दर्शकहरुले लिन पाउने आयोजकले बताएको छ ।

किराँतीहरुको महान चाड चासोक तङनाम तथा सकेला बैशाख पुर्णिमा र मंसिर पुर्णिमामा दुई पटक मनाउने गरिन्छ । नयाँ अन्न बाली भण्डार गरिसकेपछि नयाँ अन्न बालीको परिकार देवी-देवतालाई चडाउदै खुसियालीमा मनाउने पर्व हो । आफ्नो संकार, सभ्यता र पहिचानलाई जगेर्ना र प्रबर्द्धन गर्न सधै चासोक तङनामहरु मनाउदै आएको किराँत याक्थुम चुम्लुङ मलेसियाको अध्यक्ष दिल केरूङले बताए । साथै मलेसियामा रहेका नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा अध्यक्ष केरुङले गरेकाछन ।

कार्यक्रम साझ ५ बजे सुरु हुनेछ र कार्यक्रममा निशुल्क सहभागी हुन सक्ने तर खाना तथा अन्य ब्यावस्थापनको सहजताको लागि सहभागी हुन चाहानेहरुले आयोजकलाई सम्पर्क गर्न आग्रह गरेकोछ ।