नेपाली राजदुतावास मलेसियाको ‘टास्क फोर्स टिम’ बन्यो

everest kitchen

मलेसिया । मलेसियामा रहेका नेपालीहरुको समस्या समाधान र विभिन्न चुनौतीहरुको सामाना गर्ने उद्देश्यले नेपाली राजदुतावास मलेसियाले “टास्क फोर्स टिम” तयार पारेको छ । किराँत याक्थुम चुम्लुङ मलेसियाको आयोजनामा डिसेम्बर १८ तारीखमा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न चासोक तङनाम साँझ २०७९ अवसरमा मलेसियाका लागि नेपाली राजदुत डिल्ली राज पौडेलको यस्तो जानकारी दिएका हुन ।

सो अवसरमा बोल्दै राजदूत पौडेलले मलेसियामा रहेका नेपालीको समस्या र चुनौतिहरुको समाधान र न्युनिकरण गर्न ‘टास्क फोर्स टिम’ निर्माण गरेको बताएका छन् । मलेसियामा नेपालीहरुको लागि खुल्ला गरिएका श्रमका पाँच वटा सेक्टर मध्य केही सेक्टरमा नेपाली श्रमिकहरुको लागि समस्या रहेकाले उक्त टास्क फोर्सले माग-पत्र प्रमाणीकरणको प्रक्रियामा कडाई गरेकोसमेत बताए । जसकारण माग-पत्र प्रमाणीकरणमा ढिलाई भएकोले सम्बन्धित पक्षलाई धैर्यधारण गर्न आग्रह उनलेे गरे ।

नेपाल मलेसियाको लागि महंगिएको एयर टिकेटको मुल्य कम गर्न, मलेसियाबाट बिरामी, अलपत्र परेका नेपाली र मलेसियामा ज्यान गुमाएका नेपालीहरुको शब सहज नेपाल लैजानको लागि नेपाली राजदुतावास मलेसियाले नेपाल एयरलाइन्सका टिमसंग बैठक बसी समन्वय गर्ने गरेकोले यसको कार्यनयन छिटै नै हुने र जसले गर्दा समस्या समाधानमा सहज हुने राजदुत पौडेलले उल्लेख गरे ।

मन्तब्यको क्रममा राजदुत पौडेलले नेपालको संस्कृति र सांगेतिक पहिचानलाई प्रबर्द्धन र सम्बर्द्धन गरेकोमा कार्यक्रम आयोजक, प्रायोजक, कलाकार र पत्रकारहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । प्रवासमा यस्ता प्रकारको एकता र सहकार्य आवश्यक रहेको बताउदै दुतावासको सधै सहकार्य रहने प्रतिबद्धता जाहेर गरे ।