नेपालगन्ज मेडिकल कलेज अस्पताल भित्रै स्वास्थ्यकर्मीहरु आन्दोलनमा (भिडियोसहित)

everest kitchen

बाँके । लामो समयदेखि तलब नपाएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरका स्वास्थ्यकर्मीहरुसहितका कर्मचारीहरु आन्दोलित भएका छन् । तलब सुविधा नदिएको १०० दिनबढी भएपछि स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन ।

अस्पतालमा कार्यरत विभिन्न कर्मचारी संगठन, कर्मचारी संघ, युनियन लगायतले तीनदिनदेखि संयुक्त रुपमा खबरदारी गरिरहेको आन्दोलनरत स्वास्थ्यकर्मीहरुले बताए । अस्पतालमा कार्यरत विभिन्न पदमा कार्यरत कर्मचारीहरुले करिब ४ महिनादेखि तलब नपाएको उनीहरुको गुनासो छ ।

अस्पतालले तलब दिन नसक्ने खास कारण नभएपनि तलब नियमित तलब नदिएर व्यवस्थापन पक्षले घोटाला गर्न खोजेको उनीहरूले आरोप लगाएका छन् । तलब नपाउदा घरभाडा देखि रासनपानी जुटाउनसमेत अप्ठ्यारो भएको उनीहरूले बताए ।

भिडियो