क्यान्सर पिडित विश्वकर्मालाई कोरियाबाट २ लाख ३२ हजार सहयोग

everest kitchen

माछापुच्छ्रे  गाउपालिका वडा न ०४ लाहाचाेक निवासि आमा  लक्षमी वि.क बुबा प्रेम बि.क काे छाेरा बर्ष १६ का सन्जय विश्वकर्मा काे घाँटिमा क्यान्सर भएकाे अवस्थामा उपचारकाे लागि भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेकाे छ।

देश तथा विदेशमा रहेका शुभचिन्तकहरुले सन्जय विश्वकर्मा बचाउ अभियान सन्चालन गरेका छन् । उक्त अभियान अन्तर्गत केदिनअघि एक कार्यक्रम  बिच लाहाचाेक समाज दक्षिण  काेरियाले  पिडितका बुबालाई रकम हस्तान्तरण  गरेकाे छ।

लाहाचाेक समाज  दक्षिण   काेरिया ले रु २ लाख ३२ हजार रकम संकलन गरेकाे थियाे उक्त रकम काेरियामा रहेका बालकृष्ण  अधिकारिले अभियान सन्चालन गरि पठाएका थिए ।

कार्यक्रमको अवसरमा  वैदेशिक राेजगार मन्च लाहाचाेकका प्रवक्ता कवि केशरले आफ्नाे सस्था बाट पनि अभियान सन्चालन गरिएकाे जानकारि गराउदै पुस २३ गते हुने कार्यक्रममा सहयोग  हस्तान्तरण  गर्ने जानकारि गराए ।

उक्त कार्यक्रम  मा काेरिया समाज का प्रतिनिधि सुन्दर हमाल,सुरज अधिकारी ,ताेयनाथ सुवेदी ,नवराज अधिकारी काे उपस्थिती थियाे । उक्त कार्यक्रमकाे सभापति नेपाल रेडक्रस  साेसाईटी लाहाचाेक उपशाखाका निवर्तमान  सभापति नारायण  पाैडेल रहेका थिए । उनले सहयाेगि मनहरुमा धन्यवाद सहित आफ्नाे सस्थाले पनि अभियान सन्चालन गरेकाे जानकारि गराएका थिए ।

कार्यक्रमलाई वडा सदस्य अर्जुन अधिकारीले कार्यक्रम सहजिकरण गरेका थिए भने वडा सदस्य श्री देवि वि.क काे प्रमुख आतिथ्यतामा सन्चालन गरिएकाे उक्त कार्यक्रमलाई काेरिया समाजका प्रतिनिधि केशव अधिकारीले सन्चालन गरेका थिए।