मलेसियामा “गोर्खाली ५ किलोमिटर दौड प्रतियोगिता २०२३” हुने

everest kitchen

काठमाडौं । मलेसियामा पहिलो पटक नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ बर्षको अवसरमा “गोर्खाली ५ किलोमिटर दौड प्रतियोगिता २०२३” हुने भएकोछ । प्रतियोगिता नेपाली पहिचान प्रबर्द्धन र मलेसियामा रहेका नेपालीहरुको स्वास्थ्य प्रबर्द्धन तथा सुधारको लागि प्रेरित गर्न आयोजना गर्न लागिएको हो ।

यस प्रतियोगिता मलेसियाका नेपाली राजदूत डिल्ली राज पौडेलको मुख्य आतिथ्यता हुने भएकोछ । गैरआवासीय नेपाली संघ, मलेसियाका सक्रिय विभिन्न नेपाली संघसंस्था, ब्यवसायी, खेलाडीहरु साथै नेपाली श्रमिकहरुको उल्लेख्य उपस्थिति रहने आयोजकले जानाएको छ ।

मलेसियामा रहेका नेपालीहरुको स्वास्थ्य समस्या तथा मृत्युदर निकै उच्च रहेको तथ्यांकमा उल्लेख छ भने यसको प्रमुख कारण शारिरीक कसरतको कमि साथै गलत खानपान रहेको अध्यापनहरुले देखाई रहदा यसबारे जनचाहना तथा चासो बढाउन खेलकुद आयोजना गरिएको आयोजकले जनाएको छ ।

खेलमा सहभागीहरुमध्ये प्रथम, दोस्रो, तेस्रो लगायत दसौं स्थान सम्म जित हासिल गर्नेले मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता मलेसियाको राजधानी क्वालालम्पुर स्थित लेक गार्डेनको प्रांगणमा जनवरी १ तारीख बिहान ७ बजे देखि ९ बजे सम्म हुने आयोजकले बताएकोछ ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतियोगिहरुले आयोजकलाई डिसेम्बर ३१ तारीख साझ सम्म सम्पर्क गरि नाम दर्ता गर्न सक्नेछन ।सम्पर्क : ०१६२५२२२६५, ०११६१९२१६८३, ०१२६४४५८०२, ०११५९००३७००