एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा थपलीया

everest kitchen

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा एमाले केन्द्रीय सदस्य एवम् चितवन क्षेत्र नंबर १ को १ बाट विजयी जगन्नाथ थपलीया (जे.एन) चयन भएका छन् ।

एमाले संसदीय दलको कार्यालय हेटौंडामा भएको संसदीय दलको बैठकले थपलीयालाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

थपलीयाले यसअघि बागमती प्रदेश सरकरका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलका प्रमुख राजनीतिक सल्लाहकारको रुपमा भूमिका निर्वाह गरेका थिए भने हाल एमाले केन्द्रीय शिक्षा विभागका उपप्रमुख पनि हुन् ।