मलेसियामा प्रथम गोर्खाली पाँच किलोमिटर दौड” प्रतियोगिता सम्पन्न

everest kitchen

मलेसिया । अङ्ग्रेजी नयाँ बर्ष २०२३ तथा नेपाली टोपी दिवसको अवसरमा जनवरी १ तारीख “प्रथम गोर्खाली पाँच किलोमिटर दौड” प्रतियोगिता सम्पन्न भएको छ । आशिर्वाद फाउण्डेशन मलेसियाको आयोजनामा मलेसिया स्थित लेक गार्डेन पार्कमा “प्रवासबाटै खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराको साथ प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिताको प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले सम्बोधन गर्दै यस प्रकारको रचनात्मक कृयाकलापहरुमा दुतावासले गर्ने सक्ने र गर्न पर्ने सहयोग सधै गर्न प्रतिबद्ध रहेको बताएका छन् । साथै उनलेे आयोजक आशिर्वाद फाउण्डेशनलाई धन्यबाद दिदै प्रतियोगिहरुलाई बधाई तथा नयाँ बर्षको शुभकामनासमेत व्यक्त गरे ।

यस्तै गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाले पनि सकारात्मक र शृजनशिल कृयाकलाहरुमा साथ र सहयोग सधै रहने बताउदै आशिर्वाद फाउण्डेशनलाई पाँच सय एकाउन्न रिंगेट आर्थिक सहयोग प्रदान गरेका थिए ।

प्रतियोगितामा महादेव रिजालले २१ मिनेट ५० सेकेन्डमा दौड पूरा गरि प्रथम स्थान हासिल गरेका थिए भने दोस्रो सन्तोष चेम्जोङले २३ मिनेट ५५ सेकेण्डमा, तेस्रो मनोज कुरुवाङले २५ मिनेट ४५ सेकेन्डमा ५ किलोमिटर दुरी पार गरेका थिए । यस्तै तुलाराम धामीले २६ मिनेट ५४ सेकेन्ड, सन्देश रोकाले २७ मिनेट ५४ सेकेन्ड, अरुण तामाङले २८ मिनेट ७ सेकेन्ड, स्यामलाल तामाङले २९ मिनेट ४० सेकेन्ड, दिपक श्रेष्ठले २९ मिनेट ४० सेकेन्ड, राम बहादुर राईले ३१ मिनेट २५ सेकेन्ड र तेन्जुङ तामाङले ३१ मिनेट २७ सेकेन्डमा निर्धारीत दुरी पार गरेका थिए ।

प्रथम स्थान देखि दशौं स्थान हासिल गर्न सफल प्रतियोगिहरुलाई प्रमुख अतिथि राजदुत पौडेल र गैरआवासीय नेपाली संघका अध्यक्ष थापाले मेडल र अबिरले सम्मान गरेका थिए ।

प्रतियोगितालाई प्रमुख अतिथि राजदूत पौडेलले रिबन काटेर उद्घाटन गरेका थिए । प्रतियोगितामा मलेसियाको विभिन्न ठाउबाट ३४ जना प्रतियोगिहरुको सहभागी रहेको थियो । प्रतियोगिहरुलाई उर्जा प्रदान गर्न प्रमुख अतिथि राजदुत पौडेल, गैरआवासीय नेपाली संघको अध्यक्ष थापा साथै नेपाली दुतावासका प्रथम सचीव प्रतीक कार्की तथा यशु बस्नेतले पनि सहभागीता जनाएका थिए ।

सो अवसरमा आयोजक आशिर्वाद फाउण्डेशनको टिमले बर्षमा चार वटा शारिरीक तथा मानसिक स्वस्थ्यको लागि कृयाकलाप गर्ने घोषणासमेत गरेको छ ।