मलेसियामा उपचारको अभावमा लामिछानेको निधन, राजदुतावासलाई ध्यानाकर्षण

everest kitchen

मलेसिया । मलेसियाको जोहोरबारु सेनाईमा जनवरी १ तारीख सडकमा अलपत्र अवस्थामा भेटिएका बर्दिया जिल्लाका देबेन्द्र प्रसाद लामिछानेको उपचारको अभावमा जनवरी ३ तारीख बिहान मृत्यु भएकोछ ।

लामिछानेको उपचारको पहलको लागि नेपाली राजदुतावासले समयमा नै उपयुक्त पहल नगरेकोले लामिछानेले ज्यान गुमाउनु परेको भन्दै गैरआवसिय नेपाली संघ मलेसिया, नेपाली प्रवासि मन्च, जनसम्पर्क समिति, नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुम चुम्लुङ, किरात राई यायोक्खा, बिजनेस सोसाइटी, पिएन सीसी, जिफण्ड, वैदेशिक रोजगार ब्यवसायी संघ, आशिर्वाद फाउण्डेशन लगायतको संस्थाहरुले सामुहिकरुपमा जनवरी ३ तारीख दिउँसो ध्यानाकर्षण पत्र बुझाएका छन् ।

गैरआवासिय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाले ध्यानाकर्षण पत्र राजदुत डिल्लिराज पौडेललाई बुझाउदै उक्त ब्यक्तिको उपचारकोलागि संघसस्थाले प्रयास गरे पनि सम्भव नभए पछि दुतावासलाई गुहारेको तर दुतावासले उपयुक्त समयमा सहि पहल नगर्दा यो घटना भएको बताए । साथै यस अघि पनि यस्ता घटना भएकोले अब उप्रान्त यस्तो नहोस भन्दै ध्यानाकर्षण गराए ।

अन्य सहभागीहरुले पनि समय हुदा हुँदै पनि उद्धार गर्न नसक्नु ठुलो कमजोरी भएको बताउदै यस्तो लापर्वाही आगामि दिनमा हुन नदिन विशेष कार्ययोजना तथा समूह तयारी गर्नु पर्ने र यस्ता घटना कम्पनि छोडेर भिसा बिहिन भई बसेकाहरुको हकमा मात्र हुने भएकोले कम्पनि छोड्नु पर्ने कारण तथा बाध्यताहरु पनि रहेकोले तेस तर्फ दुतावाको ध्यानाकर्षण गराएको थियो ।

देबेन्द्र प्रसाद लामिछाने २०१४ मा स्टोकवयर सोलुसन कम्पनिमा जनरल वर्करको रुपमा आई कम्पनी छोडि अवैधानीक भई मलेसियामा रहदै आएकको पाईएको छ । हामीलाई १ तारीख बिहान नै खवर आएको थियो । उहालाई उपचारको लागि तत्कालै लैजानको लागि सुरेन्द्र महतो लगायत साथीहरुलाई आग्रह गरेको र पटक पटक सम्पर्क गरि आवश्यक सल्लाह दिइरहेका थियौं दुर्भाग्यबस अस्पताल भर्ना गराउन सकिएन दुतावासको प्रथम सचिव प्रतीक कार्कीले भने ।

जोहोरमा रहनु भएका संघ संस्थाका प्रतिनिधीहरुसंग यो बिषयमा सम्पर्क भईरहेकोले दुतावासको प्रतिनिधीहरु घटना स्थलमा नगएको हो । एक दुई दिनमा नै यस्तो होला भन्ने हामीले सोचेका थिएनौं । सबै तर्फबाट प्रयास गर्दा गर्दै पनि दुखद घटना घट्यो, दुखित छौं । उँहाको परिवारसंग सम्पर्क भएको छ र शव ब्यवस्थापनको लागि काम अघि बढेको छ राजदुत डिल्लीराज पौडेले बताए ।

साथै, सो अवसरमा आपत्कालिन र यस्ता तत्कालिन घटनाहरुको न्युनिकरण र उद्धारको लागि विशेष कार्य योजना तथा फिल्डवर्क टिमको संयन्त्रको संस्थागत बिकासको लागि छिटो नै दुतावासले अन्तरकृया कार्यक्रम राख्ने समेत बताएको छ । अवैधानीक हुने भन्दा पनि बढि अवैधानीक बनाउने पक्षको बढि निग्रानी रहेको पौडेलले बताए ।

मलेसियाको डिमाण्ड किनबेचको धन्दा गर्नेहरुलाई कडाई गरेको राजदूत पौडेलले बताएका छन् । दुतावास रोवट होइन हस्ताक्षर मात्र गर्ने बिवेकपुर्वक र नियम संगत ढंगबाट सबै कुराको निग्रानी गर्देै निरन्तर सुधार हुनेसमेत राजदुत पौडेलले बताए ।

लामिछानेलाई सडक छेउ अलपत्र अवस्थामा देखे पछि सुरेन्द्र महतोले नेपाली दुतावास तथा गैरआवसिय नेपाली संघ लगाएतका संघसंस्थालाई सम्पर्क गरि उद्धारको लागि पहल गरेका थिए । लामिछानेको मानसिकरुपमा अस्वस्थ भएको साथै उनको परिचय खुल्ने कुनै पनि कागज पत्र साथमा नभएकोले अस्पताल लैजान एम्बुलेन्सले इन्कार गरेको सुरेन्द्र महतोले बताए ।

साथै क्लिनिकहरुले अवस्था गभिर रहेकोले अस्पताल लैजान सुझाउदै उपचार गर्न इन्कार गरेको बताए । उहाको उपचारको लागि सयौं पटक दुतावास तथा संघसंस्थालाई फोन सम्पर्क गरे तर कतैबाट ठोस उपाय आउन सकेन अस्पताल सम्म पुय्राउन सकेको भए बचाउन सकिने आशा थियो । यदि बचाउन नसके पनि मनमा शान्ति मिल्ने थियो महतोले भने ।