सिन्धुपाल्चोकका सुवासद्वारा मलेसियामा आत्माहत्या

everest kitchen

मलेसिया -मलेसियामा सेक्युरिटी गार्डमा कार्यरत सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ का सुवास स्याङ्बोले मलेसियामा आत्माहत्या गरेकोछ ।

२०२२ डिसेम्बर ३१ तारीख छुट्टि बसेको स्याङ्बोले दिउँसो २ बजे आफु बस्ने केलानाजयाको होस्टेको झ्यालमा झुन्डिएर आत्मा हत्या गरेको संगै काम गर्ने साथीहरुले बताए । स्याङ्बोले प्रेमिका संगको विवादको कारण आत्माहत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । संगै काम गर्ने दिन ड्युटी भएको साथीहरु ड्युटीमा थिए र रातिको ड्युटी भएकाहरु सुतेको अवस्थामा स्याङ्बोले आत्माहत्या गरेको उनका साथीहरुले बताए ।

स्याङ्बोको पोस्टमार्टम पश्चात २०२३ जनवरी ६ तारीख शव नेपाल परिवारलाई जिम्मा लगाएको र आज अन्त्यष्टी कार्य हुने ब्यवसायी राजु तामाङले बताए । स्याङ्बोको शव नेपाल पठाउन ब्यवसायी राजु तामाङले नै पहल गरेका थिए ।

सुवास स्याङ्बो २०१२ मा अलुमेक मेनेजमेन्ट एसएनडी बिएचडीमा प्याक्ट्रि कामदारको रुपमा मलेसिया आएका थिए । उक्त कम्पनी छोडेर केही बर्ष देखि सेक्युरिटी काम गर्दैएको आफन्तहरुले बताए ।