मलेसियामा रिमिक्स धमका जनवरी २२ देखि २४ तारीख सम्म हुने

everest kitchen

 

मलेसिया / रिमिक्स धमका-१४ सांगीतिक कार्यक्रम जनवरी २२ तारीख देखि २४ तारीख सम्म मलेसियाका विभिन्न ठाउमा हुने भएकोछ ।

कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त नेपाली कलाकारहरु गायक आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आले मगर तथा डान्सर अन्जली अधिकारी र प्रिती पासवा रहेको आयोजकले जनाएकोछ ।

यस रिमिक्स धमकाको १४ संस्करणको कार्यक्रम जनवरी २२ तारीख बातुपहातमा, जनवरी २३ तारीख चेमरल्याङमा र जनवरी २४ तारीख क्वालालाम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा हुने आयोजकले जनाएकोछ ।

रिमिक्स धमका कार्यक्रमको टिकट “प्रभु-पे एप” मार्फत पनि किन्न सकिनेछ । साथै यस पटकको रिमिक्स धमका सांगीतिक कार्यक्रममा इन्टरनेशनल सोसियल अवार्डको कार्यक्रम पनि हुने आयोजकले जानकारी गराएकोछ ।