किराँत याक्थुम चुम्लुङ मलेसियाको क्षेत्रीय समिति जोहोर गठन

everest kitchen

मलेसिया । किराँत याक्थम चुम्लुङ मलेसियाले जनवरी १५ तारीख मलेसियाको जोहोर राज्यमा क्षेत्रीय समिति गठन गरेको छ । हेमराज योङहाङ लिन्बुको अध्यक्षतामा किराँत याक्थुम चुम्लुङ क्षेत्रीय समिति जोहोर गठन भएको हो ।

किराँतीहरुको महान चाड कफेवा तङनाम माघे संक्रान्तिको अवसरमा भएको उक्त क्षेत्रीय समिति गठन कार्यक्रमको संयोजक रुपा थाङ्देन लिम्बूको सभापतित्व तथा किराँत याक्थुम चुम्लुङ मलेसियाका अध्यक्ष दिल केरुङ लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

नव गठित समितिको अध्यक्ष हेमराज योङहाङ लिम्बू, उपाध्यक्ष राजेन्द्र खापुङ र बिसाल नेम्वाङ, सचिव सागर लिम्बू, सह-सचिव संकर मेघा, कोषाध्यक्ष कमला हाङस्रोमवा साथै सदस्यमा भक्त बहादुर लिम्बू, फुल माया केरुङ, गंगा योङ्हाङ, सन्जय योङ्हाङ, लक्ष्मी लिम्बू, सन्तोष सावा, बिक्रम लिम्बू, नविना योङ्हाङ, नाइरा लिम्बू, खगेन्द्र लिम्बू, सुनिल लिम्बू, राकेश लिम्बू, लिलिभ लिम्बू, सन्तोष कन्दङवा तथा सल्लाहकार नेत्र आङ्दाङबे रहेकाछन ।

प्रमुख अतिथि दिल केरूङले शुभकामना मन्तब्यको क्रममा देश विदेश जहाँ रहेपनि लिम्बू समुदायको संस्कार, संस्कृति, भाषा र पहिचानको संरक्षण गर्ने पहिलो दायित्व लिम्बूहरुको रहेको बताए । साथै क्षेत्रीय समिति गठन कार्यक्रममा भएको उत्साहजनक सहभागीता र अग्रसरताको लागि धन्यबाद ज्ञापनसमेत गरेका थिए ।

कार्यक्रम जोहोर स्थित एबिइन होटेलमा सम्पन्न भएको थियो । कार्यक्रममा जोहोर राज्यमा कार्यरत लिम्बूहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।