बकैया गाउँपालिकाको बिरेफाटमा बृहत् सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुँदै

everest kitchen

अमिर लोप्चन
हेटौंडा । मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको वडा नम्बर ८ मा मन्जुश्री संवत २८५९ औं (ह्योयी /तावार ल्हो) विरालो वर्ग तामाङहरुको माहान चाड सोनाम ल्होछारको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । माघ ८ गते बकैया गाउँपालिका- ८ स्थित बिरेफाट खेल मैदानमा नेपाल तामाङ घेदुङ संघ बकैया गाउँपालिकाको आयोजना तथा बकैया गाउँपालिका वडा नम्बर -८ को समन्वयमा कार्यक्रम हुने भएको हो।

नेपाल तामाङ घेदुङ संघ बकैया गाउँपालिकाले प्रत्येक वर्ष १२ वटा वडाहरु गरि क्रमशः विभिन्न वडाहरुमा आयोजना हुने ल्होछार कार्यक्रम यो वर्ष वडा नम्बर ८ मा आयोजना गर्न लागेको हो । कार्यक्रममा तामाङ गित संगितमा चर्चा बटुलेर ख्याती कमाएका चर्चित कलाकारहरुको प्रस्तुति रहने बताएको छ ।

उक्त सोनाम ल्होछार कार्यक्रममा तामाङ फ्लिम जागतका माहनायक अमिर दोङ तामाङ बकैया ८ मा आउने पक्का भईसकेको छ।

साथै कार्यक्रममा गायक प्रतीक ब्लोन तामाङ,शुश्मा थिङ तामाङ,अमिर लोप्चन तामाङ,सोयल थिङ तामाङ,विबश माझी,रबिना तामाङ,लगायत अन्य कलाकारहरुको बेजोड प्रस्तुतीसहित सेलो नृत्य प्रतियोगिता,झाक्री प्रदर्शन,डम्फुरे/ताम्बा नाच र तामाङ जातिका मुख्य परिकारहरुको स्वाद संग मज्जा लिदै बृहत् “राष्ट्रिय सोनाम ल्होछार” साँस्कृतिक कार्यक्रमलाई सब्य र भव्य रुपमा मनाउने नेपाल तामाङ घेदुङ संघ बकैया गाउँपालिकाका उपाध्यक्ष उमेश थोकरले बताए।