कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पाए विश्वासको मत

everest kitchen

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएका छन्।शुक्रबारको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्।

विश्वासको मतको प्रस्तावमाथि कर्णाली प्रदेश सभाका ४० मध्ये ३९ जनाले मतदान गरेका थिए। जसमध्ये शर्मालाई विश्वासको मत दिने सांसदको संख्या २५ छ भने विपक्षमा १४ जना सांसद छन्।

मुख्यमन्त्रीमा उनलाई माओवादी, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका गरी २५ जना सांसदले समर्थन गरेका थिए।

मुख्यमन्त्री शर्मा पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए । उनी रुकुम पश्चिम प्रदेश निर्वाचन क्षेत्र २ बाट प्रदेशसभामा विजयी भएका थिए ।