आवधिक योजनाका लागि त्रिवेणीको पूर्व तयारी: माघ १८ देखि वडा स्तरीय योजना संकलन

everest kitchen

रुकुम (पश्चिम) । जिल्लाको त्रिवेणी गाउंपालिकाले आवधिक योजना तर्जुमा सम्बन्धी माघ ६ र ७ गरी दुई दिने पुर्व तयारी कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । त्रिवेणी गाउंपालिकाको आयोजना तथा हेड लाइट प्रा.लि. काठमान्डौंको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

गोष्ठीमा सम्बन्धित विज्ञ,् पूर्व जनप्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, स्थानीय बुद्धिजीवी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । गोष्ठीमा आवधिक योजना तयारी, कार्यनयन, छनोट कसरी गर्ने भन्ने बारे सम्बन्धित विज्ञहरूले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागीहरुलाई आर्थिक समुह, सामाजिक विकास समुह, वन तथा वातावरण समुह, भौतिक पूर्वाधार समुह, सुशासन समुहमा विभाजन गरेर लक्ष्य, उद्देश्य, कार्ययोजना , चुनौती र सम्भावना बारे व्यापक छलफल गरिएको थियो ।

गोष्ठीमा नेपाल सरकारका पूर्वसचिव डा. मान बहादुर विश्वकर्मा, पूर्वाधार विज्ञ डा.चेत परियार र समाजशास्त्री कर्ण बहादुर नेपालीले प्रशिक्षण गरेका थिए ।

कार्यक्रमको समापन गर्दै गाउँपालिका गणेश कुमार केसीले योजना धेरै बनेको बताउदै त्यसलाई अपनत्व बनाएपछि मात्रै विकास सम्पन्न गर्न सहज हुनेहुदा सबैले अपनत्व ग्रहण गर्न आग्रह गरे । साथै उनले भने, “पहिलोपटक आवधिक योजना बनाउदै छौँ, यसलाई तथ्यमा आधारित भएर योजना बनाउनु छ जसको लागि गाउँ टोल बस्तीस्तरबाटै बनाएर जाने छौँ ।”

यस्तै, गापालिकाले माघ १८ देखि २७ गतेसम्म १ नम्बर वडादेखि १० नम्बर वडासम्म क्रमिक रुपमा आवधिक योजना निर्माण सम्बन्धि कार्यक्रम तय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले बताए । साथै उनले माघ १० मा गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागेको र माघ १८ देखि २७ सम्म आवधिक योजना निर्माण सम्बन्धि कार्यक्रम गर्न लागेकोले सबैले सहभागीता जनाईदिन अनुरोध गरे ।

गाउँपालिकाले यसअघि माघ ४ र ५ गते “आवधिक याेजना निर्माणका लागी सुझाव संकलन तथा विकास प्राथमिकता विषयक” अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।