नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुग्दै रवि लामिछाने

everest kitchen

काठमाडौँ । सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पुरा गर्नुपर्ने भएका रवि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने गएका छन् । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।

सोही अनुसार लामिछाने आइतबार बिहान ११ बजे प्रशासन जाने कार्यक्रम तय भएको उनका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।

लामिछानेले प्रशासन जानका लागि आवश्यक डकुमेन्ट तयार गरिसकेका छन् । जसअनुसार उनले अमेरिकी नागरिकता त्यागेको पुष्टि हुने निस्सासहितका फाइल तयार गरिरहेको बताइएको छ ।