राक्सिराङ-८ टोड्केमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने

everest kitchen

सविन कुमार लोप्चन
राक्सिराङ । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं. ८ ठूलो टोड्के स्थित खेल मैदानमा नेपाली सांस्कृतिक पर्व तामाङ समुदायको महान चाँड मञ्जुश्री संवत् २८५९ औं (ह्योई ल्हो) बिरालो बर्ग सोनाम ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रम बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, गाउँपालिका अध्यक्ष राज कुमार मल्ल,उपाध्यक्ष बनस्तम थिङ लगायत सबै वडाका वडा अध्यक्ष लगायतका विभिन्न पार्टीका राजनैतिक नेतृत्व हरुको उपस्थित रहने जनाएको छ।

उक्त कार्यक्रमको अबसरमा सोही वडाको दुईचोक डाँडामा बुद्धको मुर्ति सिलान्यास गर्ने कार्यक्रम पनि रहेको टोट्के निवासी हस्त बहादुर मोक्तानले बताए।
त्यस्तै कार्यक्रममा तामाङ सेलो जगतका चर्चित गायक तथा संगीतकार प्रकाश तितुङ तामाङ,गायिका रेश्मा बोम्जन,गायिका पुजा तामाङ , गायिका सुजना रुम्बा, साथमा स्थानिय कलाकारहरु र मनहरी आस्था कला केन्द्रको बेजोड प्रस्तुति रहने बताईएको छ।

साथै, तामाङ जातिको भाषा, भेषभुषा तथा संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने मुल उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।