मलेसियाबाट मृगौला पीडित देबराज भट्टराईलाई आर्थिक सहयोग

everest kitchen

समीर मल्ल
धनगढी । धनगढीको देबरियामा डेरामा बसेर सेती प्रादेशिक अस्पतालमा मृगौलाको डाइलायसिस गरिरहेका पाटन नगरपालिका १ लदौनी बैतडिका बर्स २१ का देबराज भट्टराईलाई मलेसियामा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

समाजसेवी प्रकाश बहादुर कार्की र धर्म भट्टराईको पहलमा मलेसियामा रहेका नेपालीहरुबाट रकम संकलन गरेर ४९ हजार ५९५ हस्तान्तरण गरिएको हो ।

उक्त रकम सुदूरपश्चिमेलि नेपाली समाज अन्तर्राष्ट्रिय समितिका पुर्ब द.एसिया संयोजक ज्ञानेन्द्र सिंह ( बुङ्गली), सुदूरपश्चिमेलि नेपाली समाज कुवेतका सस्थापक अध्यक्ष , प्रमुख अभियान्ता संरक्षक तथा जुमेरा होटेल धनगढीका संचालक अमर खड्का ,सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाका पुर्ब अध्यक्ष , संरक्षक तथा होटेल ब्लु स्टार धनगढी चौराहाका संचालक समीर मल्ल सुदूरपश्चिमेलि समाज पेनाङ्ग राज्यका पुर्ब अध्यक्ष तथा व्यापारी दुर्गा भट्ट र समर्पण मिडिया प्रा.लि धनगढीका संचालक दिल्ली राज ओझाको उपस्थितिमा पिडित देबराज भट्टराईलाई डेरामै पुगेर रकम हस्तान्तरण गरियको अभियान्ता प्रकाश कार्किले बताए ।