सभापति रवि लामिछाने मिडिया प्रति आक्रोसित

everest kitchen

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आधारहीन समाचार लेखे कान्तिपुर मिडियासहितका सञ्चार गृह घेर्ने घोषणा गरेका छन् ।

‘अब आधारहीन समाचार लेखे अब आधारविहीन समाचार लेख्यो भने अब म कान्तिपुर घेर्न आउँछु’, उनले भने, ‘आधारसहित हाल्नुस् नो प्रब्लम् । तपाईँसँग रिडरहरु छन् होला, मसँग पनि शुभचिन्तकहरु होलान् । तपाईँको पत्रिकामा सस्क्राइबर्सहरु होलान् मेरा पनि सत्कर्मले आर्जन गरेका साथीहरू छन् । सबैलाई लिएर घेर्न आउँछु खबरदार ।’

उनले गलत ढंगले गर्ने कुनै पनि मिडियालाई नमान्ने बताए । साथै,लामिछानेले मिडिया सञ्चालकहरूलाई देश चलाउने भए चितवनमा चुनाव लड्न आउन चुनौती दिएका छन् ।

आइतबार आफू देशको सेवा गर्न आए पनि नेपालका मिडियाले खेदो खनेको भन्दै कान्तिपुर, अनलाइनखवर र सेतोपाटीका मिडिया सञ्चालकहरूलाई अव देश चलाउने हो भने चुनाव लड्न आउन चुनौती दिएका हुन् ।