त्रिवेणीमा भिडियो एक्सरेसहितको नि:शुल्क स्वास्थ्य शिविर

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भिडियो एक्सरेसहितको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भईरहेको छ । गाउँपालिका अस्पतालमा कार्यरत डाक्टर छवि नेपालीसहितको टोलिले स्वास्थ्य शिविरमा सेवा दिईरहेको छ ।

शिविरमा विशेषगरी क्षयरोग खोजपडताल र अन्य स्वास्थ्य समस्या बारे परामर्श तथा उपचार गरिरहेको गाउँपालिकाले जनाएको छ । माघ २४ गते सिम्रुतु स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको छ भने माघ २५, २६ र २७ गते क्रमशः खारा स्वास्थ्यचौकी, मुरु स्वास्थ्यचौकी र पेउघा स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछन ।

सिम्रुतु स्वास्थ्य चौकीमा सम्पन्न शिविरमा १२३ जनाले सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर पुनले जानकारी दिए ।