करातेमा पुलिस टिम च्याम्पियन

everest kitchen

विपेन उलङगे, बाँके । नेपाल पुलिस क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराते प्रतियोगितामा च्याम्पियन बनेको छ ।

दाङको तुलसीपुरस्थित कर्भडहलमा भएको खेलमा पुलिसले सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो । त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो । ३ नम्बर प्रदेश २ स्वर्ण १ रजत र १ कांस्य पदकका साथ तृतीय स्थान हासिल ग¥यो ।

करातेको अन्तिम दिन मंगलबार सम्पन्न पुरुष कुमुते ६० केजी तौलसमूहमा नेपाल पुलिस क्लबका राजिव पुडासैनीले स्वर्ण पदक हात पारे । त्यस्तै प्रदेश नं ४ का राजकुमार रसाइलीले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जगतसिंह घानुक र एपीएफका मोहन कार्कीले कांस्य पदक हात पारे ।