केपी ओली कप फुटबल आजदेखि

everest kitchen

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लब भिड्ने छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेल दिउँसो ३ बजे शुरु हुनेछ । उद्घाटन अघि सांस्कृतिक कार्यक्रम हुनेछ ।

प्रतियोगितामा ए डिभिजन लिगका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिष्पर्धा गर्नेछन् ।