“छैटाैं सुम्निमा रिया आईएमई गाेल्डकप” मलेसियामा हुने

everest kitchen

विपेन पुन, काठमाडौं । छैटाैं सुम्निमा रिया आईएमई गाेल्डकप हरिराया २२ र २३अप्रिल २०२३ मा हुने भएकाे छ । हरेक बर्ष सुम्निमा युनाईटेड क्लब मलेसियाकाे आयोजनामा हुँदै आएकाे मलेसिया ब्यापि खुल्ला फुटबल प्रतियाेगिता सुम्निमा कप पाँचाै सस्करण देखि गाेल्डकप काे रूपमा खेल खेलाउन थालिएकाे हाे ।

यस प्रतियाेगिता मलेसियामा हरने सम्पुर्ण खेल प्रेमि र खेलाडिहरूकाे लागि एक प्रसिद्ध फुटबल प्रति याेगिता हाे । गत बर्ष दिपवालिकाे अवसर पारेर पँचाै सस्करण सम्पन्न गरिएकाे थियाे भने हिमाल टाईम्स टिभीबाट प्रतक्षा प्रसारण गरि मलेसियाकाे ईतिहासमै पहिलाे पटक प्रतक्षा प्रसारण गरि विस्वाभरि बाट एक साथ सुम्निमा गाेल्ड कप हेर्ने अवसर प्रदान गर्न पनि सफल भएकाे क्लबका म्यानेजर कुल बाहादुर बस्नेतले बताए ।

पाँचाै सस्करणकाे सफलता सगै छैटाैं सस्करणकाे आयाेजनाकाे लागि भने पुरस्कार रासि र बिधागत पुरस्कार राशि पनि ५० प्रतिशतले वृद्धि गर्ने क्लबले निर्णय गरेको छ । पुरस्कार राशि बढेपछि छाैटाैं सुम्निमा रिया आई एम ई गाेल्डकप काे बिजेताले आर.एम. १२ हजार र उप-बिजेताले आरएम. ६,००० प्रप्त गर्ने छन ।

यस प्रतियोगितामा मुख्या प्रयाेजक रिया आईएमई रहेकाे छ भने सहप्रयाेजक ACORSS TRAVEL & TOURS तथा GOLBAL IME BANK रहेकाे छ । मिडिया पार्टानर हिमाल टाईम्स र SAA SUMNIMA SDN.BHD. अफिसियल पार्नर का रूप्मा रहेकाे कुरा क्लवका फाउण्डर युवराज साम्पाङले बताए ।

मलेसियामा मुस्लिमहरूकाे माहान राष्ट्रियाचाड हरियाकाे लामाे समयाकाे छुट्टिकाे अवसरमा प्रवाशि फुट्बल प्रेमिहरूलाई मनाेवल उच्च राख्न र हाैसला प्रदान गर्न छाैठाैं सुमम्निमा रिया आईएमई गोल्डकप हुनलागेकाे हाे । सधै झैं यो प्रतियोगिता मलेसियाको वाईएमसीए क्लबकाे खेलमैदान ईपाे पेराकमा हुने तय भएको छ ।

प्रतियोगितामा भाग लिन अप्रिल १४ तारिख सम्म आफ्नो टिम दर्ता गरिसक्नु पर्नेछ । खेल २२ अप्रिल बिहान १० वजे देखि संचालन भएर २३ अप्रिल २०२३ मा समापन गरिने रियाआईएमईका प्रतिनिधि तथा क्लवका असिस्टेन्ट म्यानेजर खुमनाथ आचार्यले बताए।