पोखरामा पहिलो पटक लघुकथा लेखन प्रशिक्षण

everest kitchen

पोखरा । साहित्यिक राजधानी पोखरामा पहिलो पटक एक दिने लघुकथा लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रतिष्ठानको सहकार्य तथा लघुकथा प्रतिष्ठान पोखराको आयोजनामा सो प्रशिक्षण कार्यक्रम गरिएको हो ।

छोटो हु“दैमा लघुकथा हुदैन, यसको लेखन विधिविधान बेग्लै छ । प्रतीकात्मक र व्यङ्ग्यात्मक यसको मूल पक्ष हो । त्यसैले लेखनशैली त्यति सजिलो छैन, अथक मेहनत र साधानापछि गहिराइले हरेक व्यक्तिको जीवनशैलीमै यसले प्रभाव पार्दछ ।

प्रमुख अतिथि तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपति सूर्य खडका बिखर्चीले संगीत, नाट्य र कविताजस्ता विषय भन्दा आख्यान क्षेत्रको एक गहना लघुकथा भएको हु“दा आगामी दिनमा पनि पोखरामा हुने यस्ता प्रशिक्षण कार्यक्रमलाई आफूले सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताए । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले लघुकथा प्रशिक्षणमा सिकेको सीपले व्यवहारमा उतार्न आग्रह गरे ।

छोटो विषय वस्तुले धेरै कुरा समेटने हु“दा यसको लोकप्रियता हालका दिनमा निकै फस्टानुको कारण यसमा थोरै वाक्यले धेरै कुरा प्रकट गर्ने सामाथ्र्य लघुकथामा हुन्छ, ढकालले थपे । अर्का अतिथि साहित्यककार सरुभक्तले पोखरामा आख्यान सम्बन्धी यस्ता प्रशिक्षण कार्यक्रमले लेखकहरुलाई उर्जाशील बनाइराख्ने धारणा राखे ।
लघुकथा कुदिएको ढुङ्गाको मूर्ति जस्तै हो, जति सीप लगाइन्छ, मूर्तिले त्यतिनै आकार्षक हुन्छ । लघुकथा त्यस्तै हुन्छ । प्रमुख प्रशिक्षक श्रीओम श्रेष्ठ रोदनले भने । लघुकथाका सैद्धान्तिक पक्षलाई ध्यान दिएर लेखिएका कथाहरु बढी चोटिला हुन्छन, श्रेष्ठले बताए ।

नेपालमा २००७ सालदेखि पूणर्प्रसाद ब्राह्मणले लघुकथा लेख्ने प्रचलन चलाएपछि हालको दिनमा विद्युतीय माध्यममा पनि लघुकथा पाठशाला, आधुनिक लघुकथा, लघुकथा साहित्य आदि जस्ता सक्रिय रहेका छन् । अल्पविराम पोखरेलीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशिक्षक प्रा. डा. भवानी प्रसाद पाण्डेले आजका लघुकथा र चुनौतीका बारेमा प्रशिक्षण गराए भने लघुकथाकार कल्याण पन्तले लघुकथा लेखनशैलीका बारे प्रस्तुतीकरण गरेका थिए ।

सहभागीका तर्फबाट प्रशिक्षार्थी संगीता गौतम तिमिल्सिना र शिवु ढकालले आआफ्नो मन्तव्य राखेको थिए भने लघुकथा प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मण थापाले संस्थाका गतिविधिका बारेमा जानकारी दिएका थिए । त्यस अवसरमा प्रशिक्षार्थीहरुले लघुकथा वाचन समेत गरेका थिए । पोखरामा आख्यान विधा पछि परेको सर्वत्र महसुस पछि २०७४ साल चैत्रदेखि लघुकथा प्रतिष्ठानले नियमित रुपमा हरेक महिनाको पहिलो शनिवार लघुकथा वाचन गर्दै आइरहेको छ ।