मगर संघ मलेसियाको अध्यक्षमा पुनः पुस्मिता ठाडा मगर

everest kitchen

क्वालालम्पुर । नेपाल मगर संघ केन्द्रिय कार्यसमिति क्वालालम्पुर मलेसिया कार्यसमितीको आयोजनामा आयोजित ४१औं मगर दिवस तथा आफ्नो ८औं महाअधिवेशन र शुभकामना आदानप्रदान कार्यक्रम भब्य सम्पन्न भएको छ।

मार्च १२ मा क्वालालम्पुरमा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न महाधिवेशनबाट पुस्मिता ठाडा मगरलाई पुनः निर्वाचित गरिएको हो ।

महाधिवेशनबाट सल्लाहकारमा सुन्दर आले मगर चयन गरिएको छ भने अध्यक्ष- पुस्मिता ठाडा मगर , वरिष्ठ उपाध्यक्षहरु संजय मगर , ओकिल थापा मगर , टंक दर्लामी मगर, महिला उपाध्यक्ष – लिजा समाल मगर , महासचिव – वीर बहादुर सारु मगर, सचिब – दिलिप सोमै मगर , सङगठन बिभाग तथा प्रवत्ता राम प्रसाद पुन मगर , सांस्कृतिक बिभाग- ॠषि राना मगर , कोषाध्यक्ष – अनिता आले मगर , सह-कोषाध्यक्ष – बिना थापा मगर निर्विरोध निर्वाचित गरिएको छ ।

त्यस्तै सदस्यहरु क्रमशः निसान थापा मगर , रत्न बहादुर थापा मगर , किसोन पुलामी मगर , सोनाम पुवर मगर , श्याम राना मगर , हुकुम थापा मगर , ज्ञान बहादुर राना मगर , निर्मला दर्लामी मगर , राजु राना मगर , अनुप बराल राना , माया कुमारी गुरुङ्ग राना मगर , बाबुराम थापा मगर , मेन बहादुर थापा मगर , कमल सोमै मगर , रमिला खुलाल मगर , धन बहादुर राना मगर निर्विरोध निर्वाचित भएका हुन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको उपस्थिति रहेको थियो । साथै प्रमुख अतिथि पौडेलले मनतव्यको क्रममा ४१औं मगर दिवस र संघको महाधिवेशनको उपलक्ष्यमा सम्पुर्ण मगर समुदाय लगायत नेपाली जनसमुदायममा हार्दिक शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राईले मगर समुदाय नेपालको कुल जनसंख्याको ७% जनसंख्या भएको तेस्रो ठूलो जाती,समुदाय रहेको भएता पनि नेपालको कुनै पनि माथिल्लो संबैधानिक अंगमा पुग्न नसक्नुले सिङ्गै आदिवासी समुदायनै दुखित रहेको र आगामी दिनमा राज्य बाट पाउनुपर्ने आफ्नो हक अधिकार पाउन र पूरा गर्न , गराउनलाई मगर समुदायमात्रै नभैई सिंङ्गो आदिवासी नेपाली समुदायनै एकजुट भएर लाग्नुपर्ने धारणा राखे । यस्तै उनले विदेशमा कुनै नेपालीलाई विभिन्न समस्या आएको खण्डमा सबैजना मिलेर सहयोग गर्नुपर्ने बताए।

त्यस्तै मगर संघ मलेसियाको संस्थापक पुर्व अध्यक्ष नवनिर्वाचित प्रमुख सल्लाहकार सुन्दर आले मगरले मलेसियामा मगर संघलाई अगाडि बढाउन सम्पुर्ण सबै मगर दाजुभाइ दिदिबहिनी एकजुट भएर लाग्नुपर्ने बताए ।