गायक अमिर लोप्चन र सुमिना लोको अवाजमा मोहनी रैछ बोली सार्बजनिक (भिडियो)

everest kitchen

सबिन कुमार लोप्चन,
मकवानपुर । गायक अमिर लोप्चन र गायिका सुमिना लो को अवाज सजिएको तामाङ सेलो गित मोहनी रैछ बोली सार्बजनिक भएको छ। केही दिन अघि सार्बजनिक भएको उक्त गित ठक्यौली तथा माया प्रेममा आधारित रहेको छ।

यस भन्दा अगाडिको तामाङ सेलो गित तामाङ भाषामा मै समेटिएको र नयाँ सार्वजनिक गरिएको तामाङ सेलो गित सबै शब्दहरु नेपाली भाषामा समेटिएको र अहिलेको नयाँ पुस्ताहरुको चाहान अनुरुप सृजना प्रस्तुत गरिएको गायक अमिर लोप्चनले बताए।

उक्त गितमा अहिलेको समयमा निकै चर्चामा रहेको तामाङ सेलो गायिका सुमिना लो र अमिर लोप्चनको अवाजमा रहेको छ भने शब्द जि. बि. तामाङ, संगित कोशिस थोकर, साथै गितलाई सानू बाबू धिसिङले मिक्सिङ तथा एरेन्ज गरेका हुन भने फ्याफुला नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन ।

उक्त गित टि.एस.सि डिजिटल म्युजिकको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।