करिब एकवर्षपछि पल शाह पहिलोपटक स्टेजमा: रुकुममा पलको भव्य क्रेज

everest kitchen

विपेन उलङगे,रुकुम । नायक तथा मोडल पल शाह १ बर्षको जेलजीवनपछि पहिलोपटक स्टेजमा चढेका छन। रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको खलंगामा आयोजित कार्यक्रममा पल शाह रुकुम पुगेर काठमाडौं फर्किएका छन् ।

रुकुम पश्चिममा फागुन २६ बाट आगामी चैत ७ गतेसम्म सञ्चालन भईरहेको “रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव” सहभागी हुन उनी रुकुम पुगेका थिए ।

करिब एक बर्षपछि पहिलोपटक स्टेज चढेकाका उनको क्रेज रुकुम भव्य देखिएको छ । पलको कार्यक्रम हेर्न हजारौं दर्शकहरु कार्यक्रम स्थल पुगेका थिए भने विभिन्न स्थानमा पललाई भव्य स्वागत गरिएको थियो ।

अन्यदिनमा एकसय रुपैयामा टिकट वितरण गरेको आयोजकले बुधबार पलको कार्यक्रमको लागि भने दुईसय रुपैयाँ टिकेट दर राखेको थियो । पल रुकुम बहिनी रोशनी शाह, पत्रकार तथा कलाकार आनन्द पुनसहित हेलिकप्टर मार्फत रुकुम पुगेका थिए ।

मुसिकोट नगरपालिकाको खंलगा स्थित बराहटाकुरामा महोत्सव सञ्चालित रहेको छ । ‘रुकुम पश्चिम समृद्धिको आधार, कला संस्कृति, पर्यटन विकास र उद्योग व्यापार’ भन्ने मुल नारा राखेर राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम र कला साँस्कृतिक पर्यटन प्रबर्द्धन मञ्च रुकुम पश्चिमले संयुक्त रुपमा महोत्सव आयोजना गरेका छन ।